काठमाडौं । नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय भेला सुरु भएको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताएपछि माधव नेपाल र झलनाथ खनालहरु एमालेमै फर्किएका थिए । तर एमाले अध्यक्ष केपी ओलीले पार्टीमा फर्किएपछि एकताको वातावरण बनाउनुपर्नेमा उल्टै गुटको भेला राखी त्यसलाई केन्द्रीय कमिटीको नाम दिएर २३ जना केन्दीय सदस्य थप्ने र पदाधिकारीको जिम्मेवारी खोस्ने काम गरेपछि माधव नेपाला र झलनाथ खनालहरु समानान्तर भेला गर्ने निष्कर्षमा पुगेका छन् ।
चैत ४ र ५ गते दुई दिनसम्म चल्ने भेलामा देशभरका प्रतिनिधिहरुको कुरा सुनिसकेपछि माधव–झलनाथ पक्षले अवधारणा सार्वजनिक गर्ने बताएको छ । ४ र ५ चैतको भेला रोक्नका लागि केपी ओलीले सोमबार माधव नेपाल लगायतका नेताहरुसँग वार्तासमेत गरेका थिए । तर उनी २८ गतेको निर्णय फिर्ता लिन तयार नभएपछि राष्ट्रिय भेला पनि स्थगित नगर्ने अडान माधव नेपाल पक्षले राखेको थियो ।
बिहीबारसम्म चल्ने भेलामा देशभरका २ हजार अगुवा कार्यकर्ता सहभागी हुने अपेक्षा गरिएकोमा ३ हजारको संख्या नाघेको प्रचार विभागका सचिव बिष्णु रिजालले जानकारी दिएका छन् । रिजालले भने–२ हजार नेताका लागि ब्यवस्थापन गरिएकोमा ३ हजारभन्दा बढी सहभागी आएका छन् ।’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) को उदघाटन सत्रलाई सम्बोधन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend