Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • एमाले एउटै हुने सम्भावना देखिएन : रामकुमारी झाँक्री


    मंगलबार, चैत्र ३ २०७७
    2.4K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी नेत्री एवं सांसद रामकुमारी झाँक्रीले अब एमाले एक हुने सम्भावना नरहेको बताएकी छिन्। 

    पछिल्लो समय पार्टीभित्रको आन्तरिक द्वन्दलाई लिएर उत्पन्न विवादबारे उनले आफ्नो धारणा सार्वजनिक गरेकी हुन् । 

    सामाजिक सञ्जालमा लेख्दै नेत्री झाक्रीले भनेकी छिन्  ‘आजको दिनसम्म नेकपा एमाले एउटै हुने सम्भावना देखिएन । षड्यन्त्र, छलछाम गरेर पाँच वर्षका लागि प्राप्त गरेको जनताको म्यान्डेटलाई संसद र पार्टी एकता भङ्ग गरेर अस्थिरता तिर धकेल्न खोज्नु जनमतको अपमान हो तर पनि आजको संवादलाई सकारात्मक मान्न सकिन्छ । नेकपा एमाले पार्टीको अस्तित्वको आधार फागुन २३ गतेको सर्वोच्चको फैसला हो । त्यसले भनेको छ- नेकपा एमालेको वैधानिक आधार २०७५ जेठ २ अघिको अबस्था हो । त्यही आधारमा अगाडी बढ्ने हो भने मात्र पार्टी एक रहन सक्छ, त्यसका लागि आधारभूत रूपमा २०७५ जेठ ३ देखि यताका सबै निर्णयहरूलाई शुन्य मान्नुपर्दछ।’

    Ewh_wMZVEAA25A1.jpg

    एमालेमा अहिले चार समूह भएको छ, ओली, खनाल-नेपाल, गौतम र बादल समूह सबिले आफ्नो आफ्नो अडान राख्दा पार्टीभित्र कलह नै भएको बुझिएको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार