सर्लाही । सर्लाही र रौतहट जोड्ने गंगा–पिपरा बागमती नदी पुल निर्माण कार्य लामो समयदेखि अलपत्र पर्दा स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । चुनावका बेला प्रमुख एजेन्डा बनाइने यो पुल निर्माण कार्य चुनाव सकिएपछि भने सुस्ताउँदै गएको स्थानीयको गुनासो छ ।
सर्लाही क्षेत्र नम्बर–४ र रौतहट क्षेत्र नम्बर–१ का उम्मेदवारहरूले प्रतिनिधिसभा निर्वाचनका बेला गंगा–पिपरा पुल निर्माणलाई साझा चुनावी एजेन्डा बनाएका थिए । चुनावी प्रचारका क्रममा पुल निर्माण छिटो सम्पन्न गराउने प्रतिबद्धता जनाइए पनि चुनावपछि कामले गति लिन नसकेको स्थानीयवासी बताउँछन् ।
रामनगर गाउँपालिका–२ का स्थानीय जितेश यादवका अनुसार सर्लाही–४ बाट निर्वाचित सांसद अमरेशकुमार सिंहले चुनाव प्रचारका क्रममा पुल निर्माण तीव्र गतिमा अगाडि बढाउने आश्वासन दिएका थिए । ‘चुनाव जितेपछि काम छिटो हुन्छ भनिएको थियो, तर अहिले पनि पुल अधुरै छ’ उनले भने ।

यसैगरी नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पनि चुनाव जिते वा हारे पनि पुल निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । रौतहट क्षेत्र नम्बर–१ का उम्मेदवारहरूले पनि पुल निर्माणलाई प्राथमिकतामा राखेका थिए, तर हालसम्म ठोस प्रगति देखिएको छैन ।
गंगा–पिपरा बागमती नदी पुल निर्माणका लागि २०७३ असार २८ गते करिब ८६ करोड ३७ लाख ९ हजार रुपैयाँमा टुण्डी–रसुवा–पप्पु जेभी कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो । निर्धारित समयमा काम सम्पन्न हुन नसक्दा पटक–पटक म्यादथप गरिएको छ । पछिल्लो पटक तोकिएको म्याद अनुसार २०८३ कात्तिक १३ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ ।
निर्माणाधीन पुलमा प्रयोग भएको सामग्रीको गुणस्तरमा प्रश्न उठ्दै आएको छ । २०८१ असोजमा आएको बाढीका कारण पुलको एक स्पान र एक फाउन्डेसनमा क्षति पुगेपछि माटो परीक्षण र डिजाइन पुनरावलोकनको कारण देखाउँदै निर्माण कार्य सुस्त भएको स्थानीयको आरोप छ ।
करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको बताइए पनि पुल अलपत्र रहँदा दैनिक एक हजारभन्दा बढी नागरिकलाई जोखिमपूर्ण रूपमा नदी पार गर्नुपरेको छ । बाढीपछि क्षति भएको पुल मर्मत तथा निर्माणलाई तीव्रता दिन राज्य पक्षबाट अपेक्षित पहल हुन नसकेको स्थानीयको भनाइ छ ।
उक्त पुल निर्माण सम्पन्न भए सर्लाही र रौतहटसँगै पर्सा, बारा लगायत मधेशका जिल्लालाई प्रदेश राजधानीसँग सिधा सडक सम्पर्क जोडिने भएकाले यसको महत्व अत्यन्त ठूलो रहेको स्थानीयवासीले बताएका छन । पुल निर्माण छिटो सम्पन्न गर्न सम्बन्धित निकायको ध्यान जानुपर्ने उनीहरूको माग छ ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend