काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध गराउन सम्बन्धित स्वास्थ्य संस्थाहरूलाई अनुरोध गर्दै अन्तिम सूचना जारी गरेको छ ।
मन्त्रालयले गृह मन्त्रालयको पत्र तथा समन्वय समितिको बैठकको निर्णयअनुसार जेनजी आन्दोलनका घाइतेहरूको सूचीकरण, वर्गीकरण तथा पुनःवर्गीकरण सम्बन्धी कार्य भइरहेको जनाएको छ । उक्त कार्यलाई समयमै टुङ्गो लगाउन आवश्यक विवरण संकलन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले लामो समयसम्म पनि सबै विवरण प्राप्त नभएकाले मन्त्रालयले फागुन १ गतेदेखि १५ गतेसम्म १५ दिनको म्याद दिँदै अन्तिम सूचना प्रकाशन गरेको हो । सो अवधिभित्र विधिपूर्वक प्राप्त भएका निवेदन तथा विवरणको आधारमा घाइतेहरूको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरिएको छ ।
मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइते भई उपचार गरिएका सबै व्यक्तिहरूको विवरण सम्बन्धित स्वास्थ्य संस्थाहरूले मन्त्रालयको इमेल ठेगानामा फागुन १५ गतेभित्र पठाउन आग्रह गरेको छ ।
तोकिएको समयसीमाभित्र विवरण नपठाइएमा प्रक्रिया प्रभावित हुन सक्ने मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend