Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • टी-२० विश्वकप: वेस्ट इण्डिजबिरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने


    आइतबार, फाल्गुन ३ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपाल र वेस्ट इण्डिज आमने सामने हुदैछन् ।

    समूह सी अन्तर्गतको भारतको वानखेडे स्टेडियममा हुने यस खेलमा वेस्ट इन्डिजले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

    नेपालले यसअघिका आफ्ना दुवै खेल जितेकाले यो खेलमा जित महत्त्वपूर्ण रहेको छ । त्यस्तै वेस्ट इण्डिजले यसअघिका आफ्ना दुवै खेल जितेर विश्वकपमा शानदार सुरुवात गरेको छ ।

    नेपालले सन् २०१४ को टी-२० विश्वकपमा हङकङ र अफगानिस्तानलाई पराजित गर्दै दुई जित निकालेको थियो । त्यसयता विश्वकपमा नेपालले जित हासिल गर्न सकेको छैन र नेपाले यस विश्वकपमा पहिलो जितको खोजीमा रहेको छ ।

    गत फेब्रुअरी ८ मा इङल्याण्डविरुद्ध शानदार प्रदर्शन गरेको नेपालले इटालीविरुद्ध खराब प्रदर्शन गरेपछि दबाबमा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार