Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • कोरोनाको प्रभाव नेपाली अर्थतन्त्रमा, आर्थिक वृद्धिदर २.२७ मै सिमित हुने


    बुधबार, बैशाख १७ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  

    काठमाडौं, १७ बैशाख ।सरकारले चालु आवको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य  मध्य समयमा पुगेपछि विफल हुने भएको छ ।

     कोरोना भाइरसका कारण चालु आर्थिक वर्षको आर्थिक वृ्द्धिदर २.२७ प्रतिशतमा झर्ने भएको छ । केन्द्रिय तथ्यांक विभागले  बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार  चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा खुम्चिने भएको हो ।

    तर, चालु आवको मध्यपछि शुरु भएको कोरोना भाइरसको संक्रमण र त्यसले अर्थतन्त्रमा पारेको प्रभावका कारण अर्थतन्त्रको वृद्धिदर नराम्रोसँग खुम्चिने भएको विभागले जनाएको छ ।यसअघि गत आर्थिक वर्ष २०७५/७६ मा नेपालको आर्थिक वृद्धिदर ६.७५ कायम भएको थियो । आर्थिक वर्ष २०७४/७५ मा भने ६.३५ प्रतिशतको आर्थिक वृद्धिदर कायम भएको विभागको तथ्यांकमा उल्लेख छ ।

    कोरोनाले खासगरी सेवा क्षेत्रको वृद्धिदरलाई नराम्रोसँग प्रभावित बनाएको हो । अर्थतन्त्रका मूख्य तीन क्षेत्रमध्ये प्राथमिक क्षेत्रका वृद्धिदर २.५४ प्रतिशतमा खुम्चिने भएको हो । दि्वतीय क्षेत्रको वृद्धिदर ३.३६ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर मात्र १.९९ प्रतिशत रहने भएको छ ।

    बजेटको मध्यावधि समीक्षामा पनि अर्थमन्त्री डा. युवराज खतिवडाले लक्ष्यको हाराहारमै आर्थिक वृद्धि हात पार्ने दावी गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार