काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले अभिनेता सुनिल थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपालको कला र खेलकुद दुबै क्षेत्रका लागि ठूलो क्षति भएको बताएका छन् ।
चलचित्र विकास बोर्डमा आयोजित श्रद्धाञ्जली सभामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आचार्यले थापाको बहुआयामिक व्यक्तित्व र अन्तर्राष्ट्रिय ख्यातिको चर्चा गरेका हुन् ।
आचार्यकाअनुसार सुनिल थापाले नेपाली कलाकारको पहिचानलाई बलिउड, हलिउड र नेटफ्लिक्सजस्ता अन्तर्राष्ट्रिय मञ्चहरूसम्म पु¥याउन महत्वपूर्ण भुमिका खेलेका थिए । उनका फिल्महरू हेर्दा यो नेपाली मान्छे हो भनी गर्व गर्ने अवसर मिलेको स्मरण गर्दै आचार्यले उनको अन्तर्राष्ट्रिय छापको उच्च प्रशंसा गरे ।
अभिनय यात्रा शुरु गर्नुअघि थापा भारतको राष्ट्रियस्तरको फुटबल खेलाडी भएको तथ्यलाई समेत आचार्यले उजागर गरे । उनले थापाको अभावमा भारतीय मित्रहरूबीच ‘सुनिल थापा हाम्रो मान्छे हो’ भनेर गर्वका साथ परिचय दिने गौरवपूर्ण क्षणहरू अब इतिहास बनेको बताए ।
आचार्यले आफूले थापासँग ‘तँ त साह्रै बिग्रिस नि बद्री’ र ‘जे भो राम्रै भो’ जस्ता लोकप्रिय चलचित्रमा सँगै काम गर्ने अवसर पाएको उल्लेख गरे । थापाको उत्कृष्ट अभिनय र सहयोगले ती चलचित्रहरूलाई सफल बनाउन ठूलो योगदान पु¥याएको र उहाँ कहिल्यै कसैलाई दुःख नदिने अत्यन्तै सरल र भद्र स्वभावको व्यक्ति भएको आचार्यले स्मरण गरे ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend