मलंगवा । राष्ट्रिय स्वतन्त्र पार्टीले पैसा नहुनेलाई प्रतिनिधिसभाको टिकट नदिएको गुनासो एसिड आक्रमणमा परेकी सो पार्टीकै पूर्वसांंसद बिन्दबासिनी कंसाकारले गरेकी छन् । आफूलाई पार्टीले पैसा नभएकाले टिकट नदिएको सार्वजनिक अभिब्यक्ति दिएकी छन् । कंसाकारले भनेजस्तै रास्वपाको टिकट पैसावालहरुले नै कब्जा गरेका केही दृष्टान्तहरु त आइसकेका छन् ।
सर्लाही क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले पैसाकै बलमा नरेन्द्र साह कलवारलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको आरोप छ । उनी यसअघिको निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट उम्मेदवार भई पराजीत भएका थिए ।
नेकपा माओवादीमा आवद्ध रहेका साहले आर्थिक चलखेल गरी रास्वपाको टिकट लिएको आरोप छ । तत्कालीन माओवादी केन्द्र हाल नेकपाबाट उक्त क्षेत्रमा नारायणकाजी श्रेष्ठले उम्मेदवारी दिएका छन् । साह पूर्व संविधानसभा सदस्य समेत माओवादीबाटै भएका थिए ।
नरेन्द्र साह कलवार क्यासिनो संचालक हुन् । साहको सेन्ट्रल मिडिया प्रालिले क्यासिनो सिएमजी र त्यसमातहत चार ठाउँमा अदालतको अन्तरिम आदेशका भरमा क्यासिनो संचालन गरी दसौं करोड राजस्व छली गर्दैआएको छ । साहले २०७१ साउन १५ गतेको अन्तरिम आदेशबाट होटल अपेरा महेन्द्रनगर, होटल भिस्वा वीरगन्ज, होटल रत्न विराटनगर र होटल प्याटिनियम काठमाडौंमा क्यासिनो संचालन गर्दैआएका छन् ।
क्यासिनो नियमावली अनुसार दर्ता गरी संचालन गर्नुपर्ने क्यासिनोहरु उनले अदालतमा रिट हाली अन्तरिम आदेशका आधारमा संचालन गर्दैआएका छन् । जसका कारण देशले पाउनुपर्ने बार्षिक करोडौं राजस्व गुमिरहेको छ । यसरी राजस्वमारी आर्जन गरेको रकम रास्वपामा बुझाएर उनले सर्लाही ३ बाट टिकट लिएको आरोप छ ।
सोमबार राति रास्वपा सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन साह बसेको होटलमा मधेशको टिकट बितरणमा आर्थिक चलखेल भएको भन्दै नाराबाजी भएको थियो । जसमा सर्लाही ३ को टिकट समेत पैसाकै चलखेलमा कलवारलाई दिएको बिषय समेत उठेको थियो ।
पर्यटन विभागमार्फत सञ्चालनमा आउनुपर्ने क्यासिनोहरू अदालतमार्फत चलेपछि तिनको नियमन र बक्यौता असुलीमा समस्या भएको सरकारको गुनासो छ । तर कलवारहरुले अदालतमा सेटिङ गरी १३ बर्षदेखि अन्तरिम आदेशका भरमा क्यासिनो संचालन गरिरहेका छन् ।
अन्तरिम आदेशका कारण क्यासिनोहरूले इजाजतपत्रबापत तिर्नुपर्ने दुई करोड रुपैयाँ दस्तुर, इजाजतपत्र नवीकरणबापत वार्षिक बुझाउनुपर्ने एक करोड र क्यासिनोले वार्षिक रूपमा तिर्नुपर्ने तीन करोड रोयल्टी राज्यले गुमाइरहेको पर्यटन मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
त्यसैगरी कलवारले संचालन गरेको ताहाचलस्थित प्लाटिनम होटलको भूमिगत तल्लामा रहेको सीएमजी क्लबमा अवैध रुपमा क्यासिनो खेलाउने गरेको आरोप पनि लाग्ने गरेको छ । उक्त अबैध रुपमा जुवा खेलाउने क्रममा २०७७ मा १० जनालाई प्रहरीले पक्रेको थियो ।
सिन्धुपाल्चोक १ मा हाइड्रोपावर ब्यवसायी भरत पराजुलीलाई टिकट दिएको छ । बहुबिवाहमा समेत मुछिएका छन् पराजुली ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend