मलंगवा । सशस्त्र प्रहरी बल १० नम्बर गण सर्लाहीका एसपी देवबहादुर चन्दको सरुवा हुने समय नजिकिंदै जाँदा नाका नाकाबाट तस्करी बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीका स्थानीय चौकी इन्चार्जको पनि मिलेमतो कवाडीको तस्करी सर्लाहीबाट हुँदैआएको छ । सर्लाहीको मधुवनीबाट दैनिक करोडौंको कवाडी भारततर्फ तस्करी हुने गरेको छ । कवाडीका अलावा चिनियाँ स्याउ पनि भारततर्फ तस्करी हुँदैआएको छ ।
स्रोतका अनुसार कवाडी भारत लैजानेमा मुख्य बिजय यादव हुन् । चितवनको भरतपुरबाट कवाडी संकलन गरी चन्द्र पोखरेलको निर्जन ट्रेडर्स भरतपुरले श्रीकृष्ण ट्रेडर्स बलरा सर्लाहीको नाममा पठाउने गरेको छ । श्रीकृष्ण ट्रेडर्सको बिजय यादवको हो । श्रीकृष्ण ट्रेडर्सले भरतपुरबाट पठाइएको कवाडी मधुवनीसहितका सर्लाहीका नाकाबाट भारततर्फ तस्करीका माध्यमले तस्करी गर्ने गरेको स्रोत बताउँछ ।
चन्द्र पोखरेल र बम नामका अर्का ब्यक्ति साझेदार रहेको निर्जन ट्रेडर्स भरतपुरको नाममा बिल काट्ने गरेका छन् । मूल्य अभिबृद्धि कर(भ्याट)मा दर्ता नभएको प्यान बिलमात्र काटेर कवाडी सर्लाहीमा पठाउने गरिएको छ । ५० लाखको कवाडी छ भने अन्डरभ्यालुएसन गरी २५ लाखको मात्र कायम गरी सर्लाहीमा पठाई भारततर्फ तस्करी हुने गरेको छ । कवाडी मूल्यांकन नै अति कम गरी सर्लाहीमा पठाएर बिजय यादवले भन्सारछली गरी भारततर्फ पठाउने गरेका छन् । कवाडी तस्करीमा पछिल्लो समयमा सुरेश चौधरी पनि जोडिएका छन् ।
मधुवनी बीओपीका इन्चार्ज इन्स्पेक्टर दीपेन्द्र पौडेलको सेटिङमा कवाडीका दसौं गाडी दैनिक भारततर्फ जाने गरेका छन् । इन्स्पेक्टर पौडेल तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणका निकट भएर रुपन्देही अन्तर्गत मालदार ठाउँमा बर्षौ कार्यरत रहेका थिए । भन्सार नतिरी करोडौंको कवाडी यादवले मधुवनी बीओपीका इन्चार्ज पौडेलसँग सेटिङ मिलाएर भारत पठाउने गरेका छन् ।
भारतबाट माछा तस्करी, नेपाली मत्स्य ब्यवसायी मारमा
सर्लाहीको छन्कीस्थित बलरा नगरपालिका वडा नम्बर ३ लक्ष्मीपुर नाकाबाट दैनिक ३ पिकअप भारतीय माछा तस्करीका माध्यमबाट नेपाल भित्रने गरेको छ ।
लक्ष्मीपुर सीमास्थित पिलर नम्बर ३३९/५ बाट ३ पिकअप माछा तस्करी हुने गरेको स्रोत बताउँछ । स्रोतका अनुसार सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म फेनहरा र बीओपी छतौनाबाट खटिएका घुमुवाहरुले नै स्कर्टिङ गरी उक्त माछा बागमती नगरपालिकाको बागमती पुल कटाइदिने गरेका छन् । राजेश ठाकुर र नवीन चौधरीले उक्त माछा नेपालमा भित्र्याउने गरेका छन् ।
माछामा आत्मनिर्भर हुँदै गएको नेपालको बजारमा तस्करीको माध्यमबाट भारतीय माछा भित्रँदा नेपाली मत्स्य ब्यवसायी मारमा परेका छन् । भारतमा माछापालक किसानलाई सरकारले दानादेखि सबै खालका अनुदान दिएकाले उत्पादन सस्तो पर्दछ । तर नेपालमा अनुदान नदिएकाले नेपाली मत्स्य ब्यवसायीहरु भारतबाट आउने माछासँग प्रतिस्पर्धा गर्न सक्दैनन् ।
भारतबाट लास नकुहाउनका लागि प्रयोग गरिने फर्मालिन नामक बिषादी प्रयोग गरिएका माछा भित्रने गरेका छन् । जुन माछा मानव स्वास्थ्यका लागि घातक छ । भारतबाट तस्करीको माध्यमबाट भित्रने र नसडोस् भनेर फर्मालिन हालिएको माछा सर्लाहीको बलराबाट भित्र्याई नारायणगढ हुँदै काठमाडौं लगायतका सहरमा पुर्याउने गरिएको छ ।
फेनहरा गुल्मका डीएसपी रंजनकुमार बुढाथोकीका घुमुुवा सहायक हवल्दार सुरेन्द्रप्रसाद यादव र छतौना बीओपीका अर्का घुमुवा संजय पण्डितले माछा तस्करीको सेटिङमात्र होइन स्कर्टिङ नै गर्दैआएको आरोप छ । विगतमा पर्सा जिल्लाको भिस्वामा घुमुवा बसी बदनाम भएका यादवलाई फेनहराका डीएसपी बुढाथोकीले घुमुवाका रुपमा परिचालन गरेका छन् ।
सशस्त्र मुख्यालयमा तानिएका भए पनि बेलाबेलामा सर्लाहीको फेनहरामा गइरहने सहायक हवल्दार रोशन मिश्राले नै बीरगंजबाट माछा भित्र्याउन कमी भएपछि सर्लाहीबाट ल्याउनेगरी नवीन चौधरीको समूहसँग लाइन मिलाएको आरोप छ ।
मिश्रालाई सशस्त्र मुख्यालयको अनुगमनमा तीन बर्षभन्दा बढी समयदेखि कार्यरत डीएसपी सुदीप रेग्मीले संरक्षण गर्दैआएका छन् । सर्लाहीको मधुवनी बीओपी इन्चार्ज पौडेल र छतौना बीओपीमा इन्स्पेक्टर महेश न्यौपानेलाई पनि रेग्मीले नै पठाएको स्रोत बताउँछ ।
यसैगरी, छन्कीबाट युनिलिभरका उत्पादन भारततर्फ तस्करी हुने गरेको छ । जनमत पार्टीका नेता संजय सिंहको घरमा गोदाम राखी छन्की नाकाबाट युनिलिभरका उत्पादन तस्करी हुने गरेको छ । भारतसँगको सीमामै युनिलिभरको एजेन्सी छ भने गोदाम बलरामा राखिएको छ । भन्सार नतिरी युनिलिभरका उत्पादन कन्हैया झाका दाजुभाइले भारततर्फ पठाउने गरेका छन् ।
यसरी हुन्छ सर्लाहीको मधुवनीबाट कवाडीको तस्करी(भिडियो)
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend