काठमाडौँ। काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित भएका छन् ।
बुधबार आयोजित ३१ औँ दीक्षान्त समारोहबीच स्कुल अफ आर्टसका ८३ जना, स्कुल अफ एजुकेसनका २ सय ९४, स्कुल अफ इन्जिनियरिङका ३ सय ४०, स्कुल अफ लका ३६, स्कुल अफ म्यानेजमेन्टका ३ सय ७८, स्कुल अफ मेडिकल साइन्सेजका ८ सय ८१ र स्कुल अफ साइन्सका १ सय ९७ गरी जम्मा २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित भएका केयूका उपकुलपति प्रा। डा। अच्युत वाग्लेले जानकारी दिए ।
दीक्षान्त समारोहमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी थिइन् ।
दीक्षितमध्ये पीएचडी, डीएम र एमसीएच तहका ७ जना, स्नातकोत्तर तहका ३९७ जना, पीजीडी तहका ५० जना र स्नातक तहका १ हजार सात सय २८ जना छन् ।
त्यस्तै पुरुष ५२ दशमलव २४ प्रतिशत अर्थात् १ हजार १ सय ५४ जना र महिला ४७ दशमलव ७६ प्रतिशत एक हजार ५५ जना छन् ।
दीक्षितमध्ये अष्ट्रेलिया, अस्ट्रिया, बंगलादेश, भुटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलंका, स्विडेन, संयुक्त राज्य अमेरिका, र भियतनाम गरी १७ देशका १९६ जना अर्थात् विदेशी रहेका छन् ।
काठमाडौँ विश्वविद्यालयबाट पहिलो पटक स्कुल अफ साइन्सेज अन्तर्गत मास्टर्स अफ फिलोसेफी बाइ रिसर्च इन म्याथम्याटिक्समा १ जना र ब्याचलर अफ साइन्स इन अग्रिकल्चर मा २९ जना दीक्षित भएका छन् ।
त्यसैगरी, स्कुल अफ मेडिकल साइन्सेज अन्तर्गत पहिलो पटक मास्टर्स अफ मेडिकल रिसर्चमा २० जना दीक्षित भएका छन् ।
स्नातकोत्तर तहमा सबैभन्दा बढी ४ सिजिपिए प्राप्त गर्ने मास्टर्स अफ आर्टस् इन ट्रान्सलेसन, टेक्सुअल इन्टरप्रिटेसन एण्ड फिलोलोजी अध्यनरत स्पेनकी माइते कयास्टिलानो मेन्चासालाई चान्सलर स्वर्णपदक, स्नातक तहमा सबैभन्दा बढी ८५ दशमलव ४५ प्रतिशत अंक प्राप्त गर्ने एमबिबिएसतर्फ नोबेल मेडिकल कलेज विराटनगरका गौरब सिंह साउदलाई भाइस चान्सलर स्वर्ण पदक, एमविए तहमा सबैभन्दा बढी सिजिपिए ३ दशमलव ९४ ल्याउने स्कुल अफ म्यानेटमेन्टका अरुणा बुढाथोकीलाई जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक र एमबिए तहका सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने रणबहादुर शाह स्वर्णपदक ३.९४ सजिपिए ल्याउने स्कुल अफ म्यानेजमेन्टका सौगात दंगाललाई प्रदान गरिएको छ ।
स्नातक तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने छात्रालाई प्रदान गरिने न्हुछेरत्न तुलाधर स्वर्ण पदक ८२ दशमलव १७ प्रतिशत अंक प्राप्त गर्ने एमबिबिएसतर्फ लुम्बिनी मेडिकल कलेजकी रक्षा तिवारी, स्नातक तह (स्कुल अफ म्यानेटमेन्ट) मा सबैभन्दा बढी सिजिपिए ३ दशमलव ९९ प्रतिशत प्राप्त गर्ने स्वस्तिका आचार्यलाई प्रेमराज पन्त स्वर्णपदक र ब्याचलर अफ बिजनेस मेनेजमेन्ट र ब्याचलर अफ ल कार्यक्रममा सबैभन्दा बढी सीजीपीए ३ दशमलव ३९ प्राप्त गर्ने स्कुल ल का आल्सा रेग्मीलाई दिनेश थापा स्वर्णपदक प्रदान गरिएको छ ।
काठमाडौं विश्वविद्यालयबाट दीक्षितको संख्या ५० हजार ४० जना पुगेको छ । तीमध्ये विदेशीको संख्या ५ हजार ८६० अर्थात् करिब १२ प्रतिशत रहेको छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend