काठमाडौं । जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको नागरिक सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रुपमा डा. संगीताकौशल मिश्रालाई नियुुक्ति गर्ने निश्चित भएपछि उनले गएको असोज ५ गते अतिरिक्त सचिव पदबाट राजीनामा दिइन् ।
मिश्रालाई मन्त्रीको रुपमा सपथ गर्नका लागि तयार हुन भनेपछि उनले स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन् । तर, स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा र चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की डा. मिश्रालाई सचिव बन्नबाट रोक्न अनेक चलखेलमा लागेका कुरा धमाधम खुल्न थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राख्न अन्तिम चरणमा पुगेको उजुरीमा ब्यूँताउनेदेखि राष्ट्रपतिसमेत गुहारेर विकास देवकोटाले मिश्रालाई मन्त्री हुनबाट रोकेका एकपछि अर्का पाटाहरु उघ्रिरहेका छन् ।
डा. लोचन कार्कीको टोलीलाई सचिव देवकोटाले राष्ट्रपति रामचन्द्र पौडेललाई गुहार्न पठाए । लोचन कार्कीको टोलीले मिश्रलाई कुनै हालतमा नबनाउन राष्ट्रपतिसँग अनुनय बिनय गर्यो । राष्ट्रपतिकोमा डा. कार्कीको टोली पठाएका सचिव देवकोटाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मेमोग्राफी खरिदको बारेमा परेको उजुरीका बारेमा एमालेका एक उच्चपदमा कार्यरत जिल्लाबासी नेताकोमा आफैं गए । ती नेता लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँला देवकोटा सचिव थिए ।
मिश्रा मन्त्री भएमा कि राजीनामा दिनुपर्ने कि त जगेडामा बस्नुपर्ने भएपछि तिलमिलाएर देवकोटा उनलाई रोक्न सबै हत्कण्डा प्रयोग गरी लागेका थिए । तामेलीमा राख्नका लागि अन्तिम चरणमा पुगेको उजुरी उत्खनन गर्न लगाएर उनले छानबिन गर्ने वातावरण बनाए । प्रधानमन्त्री सुशीला कार्की अख्तियारमा सोधिन् । आयोगले छानबिन भइरहेको जवाफ दिएपछि मिश्रालाई मन्त्री बनाउने निर्णयबाट प्रधानमन्त्री पछि हट्न बाध्य भइन् ।
अख्तियारले मिश्राका बारेमा परेको उजुरी तामेलीमा राख्न अन्तिम चरणमा पुर्याइसकेको थियो । मेमोग्राफीको आपूर्तिकर्ता कम्पनी म्याक्सिम ईनकर्पोरेशन ट्रेडर्स प्रा.लि.का संचालक सुन्दर भूसाललगायतका ब्यवसायीहरुले अख्तियारमा परेको उक्त उजुरी तामेलीको अन्तिम चरणमा पुर्याइसकेको स्रोतको दाबी छ ।
मिश्राका बिरुद्ध जुन खरिदमा मुद्दा दायर गरिएको छ, त्यस्तै प्रकृतिका उपकरण खरिदमा छानबिन हुने हो भने स्वास्थ्य मन्त्रालय अन्तर्गतका ८० प्रतिशत कर्मचारी भ्रष्टाचारमा पर्ने स्रोत बताउँछ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले भक्तपुर, नुवाकोट र सिन्धुलीमा जडान गरेको सिटीस्क्यान मेसिन दोब्बर लागत बढाएर सेटिङमा खरिद गरेको बिषयमा परेको उजुरीतर्फ भने चासो नै देखाएको छैन ।
मिश्रालाई मन्त्री बन्नबाट रोक्नका लागि तामेलीमा हाल्न लागेको उजुरीमा फाष्टट्रयाकमा छानबिन गरेको आयोगले त्योभन्दा नांगो भ्रष्टाचार तीन जिल्लाका सिटीस्क्यान मेसिन खरिदमा सेटिङमा भने मौनता साँधेको छ । साढे ३ करोड रुपैयाँ लागत बढाएर तीन जिल्लामा तीनवटै कम्पनीलाई सिटीस्क्यान मेसिनको ठेक्का दिइएको थियो । भ्रष्टाचारको सूचना लिक हुन नदिन तीनवटै सप्लायर्सलाई मिलाएर ठेक्का दिइएको थियो ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend