काठमाडौं । सशस्त्र प्रहरी बलले डीआईजीको मातहत रहेको प्रदेशका नाकाबाट हुने गरेको तस्करी नियन्त्रणका लागि एसएसपीलाई खटाएको छ । तर तस्करीमा कमी आउन सकेको छैन ।
डीआईजीको अनुगमन एसएसपीले गर्नेगरी खटाएर कसरी तस्करी नियन्त्रण हुन्छ भन्ने प्रश्न पनि खडा भएको छ । चेन अफ कमाण्डमा चल्ने संगठनमा डीआईजीको अनुगमन ऊभन्दा माथिल्ला अधिकृतले गर्नसक्छ । तर एसएसपीले डीआईजीको अनुगमना गर्न कठिन हुन्छ ।
सशस्त्र प्रहरी बलले गएको कात्तिक अन्तिममा तस्करी नियन्त्रणका लागि भारतसँग जोडिएका सीमा नाकामा चार एसएसपीलाई खटाएको छ । सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयलाई प्रतिवेदन गर्नेगरी कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एसएसपी खटाइएको छ ।
तस्करी नियन्त्रणका लागि खटाइएका एसएसपीहरुमा दिग्बिजय सुवेदी कोशी प्रदेश, माधव पौडेल मधेश प्रदेश, रविनराज कर्णजीत लुम्बिनी र गंगाराम श्रेष्ठ सुदूपश्चिम प्रदेश छन् ।
बिगतमा तस्करीदेखि रासन घोटालामा मुछिएका दिग्बिजय सुवेदीले कोशी प्रदेशको तस्करी नियन्त्रणको जिम्मेवारी पाएका छन् ।
कोरोना महामारीका कारण लकडाउले सीमाबाट आवतजावत बन्द थियो । सुवेदी १२ नम्बर गण बाराको एसपी थिए । लकडाउनमा उनले जगदम्बा स्टीलका सयौं भारतीय कामदार लकडाउनमा नेपालतर्फ आउने ब्यवस्था मिलाएको आरोप लाग्यो । कोरोना महामारी फैलाउन सक्ने भएकाले लकडाउन गरिएकोमा उनले त्यसको उल्लंघन गर्दै प्रतिकामदार दररेट तोकेर घुस लिई जगदम्बामा आउने ब्यवस्था गरेको आरोप लागेको थियो । घुस लिएर लकडाउनको उल्लंघन गर्दै भारतबाट ठूलो संख्यामा मानिसहरु नेपालतर्फ प्रवेश गराएको खुलेपछि एसपी सुवेदी कारबाहीस्वरुप तानिएका थिए ।
तत्कालीन सशस्त्रका आईजीपी शैलेन्द्र खनाललाई समेत खुसी पारेका कारण उनलाई नसिहत नदिई जोगाएका थिए । खनालको कार्यकालमा सबैभन्दा बढी अवसर पाउनेमा सुवेदी थिए । रक्तकाली गण सुर्खेतको गणपति हुँदा पनि रासन घोटाला गरेकोमा सुवेदीविरुद्ध उजुरी परेको थियो ।
यौनदुव्र्यवहारको आरोप लागेपछि विभागीय कारबाहीमा परेका एसएसपी रविन्द्रराज कर्णजितलाई लुम्बिनी प्रदेशको तस्करी नियन्त्रणमा खटाइएको छ । संयुक्त राष्ट्रसंघको शान्ति स्थापनार्थ दक्षिण सुडानमा नेपाल फम्र्ड पुलिस युनिट(एफपीयू) मा कमान्डरका रूपमा खटिएका कर्णजितमाथि नर्वेजियन महिलालाई संवेदनशील अंगमा स्पर्श गरेको आरोप लागेको थियो राष्ट्र संघले सशस्त्र प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरी छानबिन गरेर दोषीलाई कारबाही गर्न भनेको थियो ।
राष्ट्रसंघकै पत्र आएपछि सशस्त्र प्रहरीले शान्ति मिसनबाट फर्केर आएका कर्णजितलाई पाँच वर्षसम्म बढुवा रोक्का हुनेगरी विभागीय कारबाही गरेको थियो । एसएसपी कर्णजित ११ औँ डफ्फाको टोलीको नेतृत्व गरेर करिब डेढ बर्र्षअघि सुडान पुगेका थिए ।
नर्वेजियन महिलाले कर्णजितले आफ्नो संवेदनशील अंगमा स्पर्श गरेको भन्दै राष्ट्रसंघको मुख्यालयमा उजुरी दिएकी थिइन् । तिनै नसिहत पाएका र पाँच बर्ष बढुवा रोक्का भएका एसएसपी कर्णजितलाई सशस्त्र मुख्यालयले लुम्बिनी प्रदेशको तस्करी नियन्त्रणमा खटाएको छ ।
सुदूरपश्चिम प्रदेशमा खटिएका गंगाराम श्रेष्ठ १० नम्बर गण सर्लाहीमा हुँदा सीडीेओ र नेपाल प्रहरीका एसपीसँग तास खेली बसेको भिडियो बाहिरिएपछि रातारात कारबाहीमा परेका एसएसपी हुन् ।
एसएसपीको नेतृत्वमा टोली खटाए पनि कोशी प्रदेशका मोरङ र सुनसरीका नाकाबाट तस्करी निर्वाध भइरहेको छ । मोरङका बिभिन्न नाकाहरुबाट चिनी तस्करी निर्वाध भइरहेको छ ।
मधेश प्रदेशका सर्लाही, बारा, पर्साका सीमानाकाबाट चाइनिज लाइटर, लसुन, कपडा, ब्याट्री, किराना सामग्री, मदिरा, स्याउ, चल्ला, हार्डवेयर, बालुवा–गिट्टीजस्ता दर्जनौँ वस्तु निर्वाध रूपमा भारततर्फ जाने र आउने गरेको छ । लुम्बिनी प्रदेशका बाँके, रुपन्देही र कपिलबस्तुबाट हुने तस्करीमा पनि कमी आउन सकेको छैन ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend