Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै 


    सोमबार, मंसिर ८ २०८२
    705
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने भएको ।

    बैठक बिहान ११:३० बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयको समिति हलमा बस्नेछ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, तथा सहरी विकास मन्त्रालय सम्हाल्ने मन्त्री कुलमान घिसिङसँग विशेष छलफल हुने जनाइएको छ।

    कार्यसूचीअनुसार, बैठकमा समिति सदस्यहरूले मन्त्री घिसिङसँग मन्त्रालयगत नीतिगत विषय, कार्यान्वयनको अवस्थासम्बन्धी प्रश्न तथा आगामी योजनाबारे प्रत्यक्ष छलफल गर्ने तय गरिएको सचिवालयले जनाएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार