काठमाडौं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजीको नाममा देशभर अराजकता फैलाइएको बताएका छन् ।
आइतबार विराटनगरमा आफू चढेको गाडीमा रातो मसी छ्याप्न खोजिएपछि उनले वास्तविक जेनजीको यसमा भूमिका नरहेको बरू उनीहरूका आडमा अराजकता फैलाइएको दाबी गरेका हुन् । उनले अराजकता र आपराधिक गतिविधि स्वीकार्य नहुने चेतावनी समेत दिएका छन्
‘जेनजीको आडमा अराजकता फैलाउने काम भइरहेको छ, ओरिजिनल जेनजीको यसमा कुनै भूमिका छैन,’ उनले भने, ‘जेनजीको आडमा अराजक गतिविधि देशभरि बढाएर, जे गर्न खोजिँदेछ, त्यो राम्रो भएन ।’
लोकतान्त्रिक पद्धतिलाई सबैले मान्नुपर्ने भन्दै उनले लोकतान्त्रिक प्रक्रियालाई सरकारले संरक्षण गर्नुपर्ने बताए । यद्यपि आज प्रहरीको भूमिका राम्रो रहेको र सहजीकरण गरेको उनले बताए ।
उनी राष्ट्रिय युवा संघको प्रदेशस्तरीय जागरण सभामा सहभागी हुन इटहरी जाँदै थिए । विराटनगर विमानस्थलबाट बाहिरिएर कार्यक्रम स्थलमा जाने क्रममा उनीमाथि मसी छ्याप्न खोजिएको थियो ।
काठमाडौं । गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी कर्मचारीहरु अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक स्थानहरुमा कुनै किसिमबाट विचल्लीत नभई खटिँदै आईरहेको हुँदा सशस्त्र प्रहरीको जनशक्तिलाई...
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो । अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend