काठमाडौं । गायिका नीतु पौडेलको मृत्यु प्रकरणमा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरी धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
बाबुल र नीतु केही समयदेखि प्रेममा थिए । गिरीले नीतिको आत्महत्यामा आफू जिम्मेवार रहेको स्वकारोक्ति बयान दिएपछि अदालतले तत्कालका लागि धरौटी राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।
जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईका अनुसार प्रेमिकाको चाहनालाई आफूले समयमै गम्भीरताका साथ नलिनु नै उनको आत्मदाहको कारण बनेको भन्दै अदालती बयानमा पनि बाबुलले पश्चाताप गरेका थिए ।
कात्तिक १ गते अनामनगरस्थित गिरीको स्टुडियोमा गायिका पौडेलले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी थिइन् । घटनापछि उपचारका निम्ति बर्न अस्पताल कीर्तिपुरमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको कात्तिक ७ गते निधन भएपछि गायक गिरी पक्राउ परेका थिए।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend