Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुर्गा प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै


    बिहिबार, मंसिर ४ २०८२
    340
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ। न्यायाधीश मेघराज पोखरेलको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ।

    प्रसाईँका छोरा निराजन प्रसाईँले गैरकानुनीरुपमा आफ्ना बुवालाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा मंगलवार बन्दी प्रत्यक्षीकरणको सर्वोच्चमा रिट दर्ता दिएका हुन्।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी , जिल्ला प्रशासन कार्यालय काठमाडौँ, जिल्ला प्रहरी परिसर भद्रकाली, प्रहरी प्रधान कार्यालय नक्साल, गृह मन्त्रालय सिंहदरबार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई रिटमा विपक्षी बनाइएको छ।

    प्रसाईँ जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सोमबार १२ बजे भक्तपुरस्थित निवासबाटै पारेका थिए । उनीमाथि थप अनुसन्धान गर्न ४ दिनको म्याद थप भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार