Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • सिमरा घटना घटनाप्रति रास्वपाद्वारा सरकारको ध्यानाकर्षण


    बुधबार, मंसिर ३ २०८२
    740
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले बुधबार बाराको सिमरा विमानस्थलमा भएको घटना संवेदनशील रहेको बताएका छन्।

    पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी केन्द्रीय कमिटी बैठकले घटनाप्रति सरकारको ध्यानाकर्षण समेत माग गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

    झाका अनुसार, कुनै पनि राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनु पर्ने र सरकारले आवश्यक सुरक्षा व्यवस्था सुनिश्चित गर्नु पर्ने पार्टीको निष्कर्ष रहेको छ ।

    उनी भन्छन्, “निर्वाचनको माहोल बनाउन राजनीतिक दलले कार्यक्रम गर्न पाउनु पर्छ र सरकारले आवश्यक सुरक्षा दिनुपर्छ। आज सिमरामा भएको घटना संवेदनशील छ, यसमा हाम्रो गम्भीर सरोकार छ र सरकारको ध्यानाकर्षण आवश्यक छ ।”

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार