Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • पूर्वआईजीपी खनालले गरे ‘सम्मुनत नेपाल पार्टी’ दर्ता


    मंगलबार, मंसिर २ २०८२
    800
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले दल दर्ता गरेका छन् ।

    ‘सम्मुनत नेपाल पार्टी’ दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ । खनालको पार्टीका तर्फबाट कात्तिक ३० गते अबेर राजबाबु यादवले आयोगमा निवेदन बुझाएका हुन् ।

    उक्त दलमा ३५ जनाको केन्द्रीय समिति प्रस्ताव गरिएको छ । यो पार्टीको अध्यक्ष खनाल आफैं रहनेछन् भने महासचिवमा बालकृष्ण पण्डितको नाम छ ।

    देश आफैँले बनाउने र त्यसको नेतृत्व पनि आफैँले गर्ने उद्देश्यले पार्टी खोलेको खनालले बताए । ०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेबाट काठमाडौं– ६ मा उमेदवार बनेका खनाल पराजित भएका थिए । त्यसपछि तनहुँ– १ को उपनिर्वाचनमा पनि उनी पराजित भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार