चितवन । चितवनको भरतपुर अस्पतालमा सुत्केरी गराउन आएकी एक महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको छ।
पर्सा स्थायी घर भई हाल कालिका नगरपालिका–२ चितवनमा बसोबास गर्दै आएकी ३० वर्षीया संगीता विकको शनिबार राति उपचारका क्रममा मृत्यु भएको हो।
मृत्युपछि परिवारका सदस्य र आफन्तहरूले चिकित्सकमाथि लापरबाहीको आरोप लगाउँदै अस्पताल परिसरमा नाराबाजी गरेका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन र दोषी चिकित्सकविरुद्ध कडा कारबाहीको माग गरेका छन् ।
आफन्तका अनुसार संगीतालाई कात्तिक २० गते सुत्केरी परीक्षणका लागि भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । परीक्षणका क्रममा गर्भस्थ शिशुको धड्कन नदेखिएपछि चिकित्सकको सल्लाहमा नर्मल डेलिभरीको प्रयास गरिएको थियो । तर, कात्तिक २२ गते राति उनको स्वास्थ्य अवस्था अचानक बिग्रँदै गएपछि राति ९ बजे आईसीयूमा सारिएको र करिब ११:४० बजे मृत्यु भएको आफन्तको भनाइ छ ।
अस्पतालका प्रवक्ता तथा स्त्रीरोग विशेषज्ञ डा.रामप्रसाद सापकोटाले भने उपचारमा कुनै लापरबाही नभएको दाबी गर्दै संगीताको मृत्यु पल्मोनरी एम्बोलिजम फोक्सोमा रक्तनली अवरुद्ध हुने समस्याका कारण भएको बताए।
डा सापकोटाका अनुसार, पेटभित्रै शिशुको मृत्यु भइसकेपछि आमालाई अनावश्यक शल्यक्रियाको जोखिमबाट जोगाउन नर्मल डेलिभरीको प्रयास गरिएको थियो । व्यथा लाग्ने औषधि दिएलगत्तै संगीतालाई ‘कार्डियाक अरेस्ट’ आएपछि तत्काल सीपीआर दिई आईसीयूमा लैजाँदा पनि बचाउन नसकिएको उनले बताए ।
यस घटनापछि अस्पताल परिसरमा केही समय तनावपूर्ण अवस्था सिर्जना भए पनि अहिले स्थिति सामान्य बनेको प्रहरीले जनाएको छ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend