चितवन । चितवनको भरतपुर अस्पतालमा सुत्केरी गराउन आएकी एक महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको छ।
पर्सा स्थायी घर भई हाल कालिका नगरपालिका–२ चितवनमा बसोबास गर्दै आएकी ३० वर्षीया संगीता विकको शनिबार राति उपचारका क्रममा मृत्यु भएको हो।
मृत्युपछि परिवारका सदस्य र आफन्तहरूले चिकित्सकमाथि लापरबाहीको आरोप लगाउँदै अस्पताल परिसरमा नाराबाजी गरेका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन र दोषी चिकित्सकविरुद्ध कडा कारबाहीको माग गरेका छन् ।
आफन्तका अनुसार संगीतालाई कात्तिक २० गते सुत्केरी परीक्षणका लागि भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । परीक्षणका क्रममा गर्भस्थ शिशुको धड्कन नदेखिएपछि चिकित्सकको सल्लाहमा नर्मल डेलिभरीको प्रयास गरिएको थियो । तर, कात्तिक २२ गते राति उनको स्वास्थ्य अवस्था अचानक बिग्रँदै गएपछि राति ९ बजे आईसीयूमा सारिएको र करिब ११:४० बजे मृत्यु भएको आफन्तको भनाइ छ ।
अस्पतालका प्रवक्ता तथा स्त्रीरोग विशेषज्ञ डा.रामप्रसाद सापकोटाले भने उपचारमा कुनै लापरबाही नभएको दाबी गर्दै संगीताको मृत्यु पल्मोनरी एम्बोलिजम फोक्सोमा रक्तनली अवरुद्ध हुने समस्याका कारण भएको बताए।
डा सापकोटाका अनुसार, पेटभित्रै शिशुको मृत्यु भइसकेपछि आमालाई अनावश्यक शल्यक्रियाको जोखिमबाट जोगाउन नर्मल डेलिभरीको प्रयास गरिएको थियो । व्यथा लाग्ने औषधि दिएलगत्तै संगीतालाई ‘कार्डियाक अरेस्ट’ आएपछि तत्काल सीपीआर दिई आईसीयूमा लैजाँदा पनि बचाउन नसकिएको उनले बताए ।
यस घटनापछि अस्पताल परिसरमा केही समय तनावपूर्ण अवस्था सिर्जना भए पनि अहिले स्थिति सामान्य बनेको प्रहरीले जनाएको छ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend