Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • आवश्यकता अनुसार देशभरका विद्यालय र क्याम्पस क्वारेन्टाइनमा प्रयोग गरिने


    सोमबार, बैशाख १५ २०७७
    3.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं, १५ बैशाख । कोरोना भाइरस(कोभिड १९)को संक्रमण फैलिने संभावनालाई मध्यनजर गर्दै सरकारले देशभरका २ सय ४३ सामुदायिक विद्यालय र करिब २ सय ५० क्याम्पसमा क्वारेन्टाइन निर्माण गरेको छ । कोरोना भाइरस संक्रमित भएका र विदेशबाट आएकालाई राख्न विद्यालय र क्याम्पसमा क्वारेन्टाइन निर्माण गर्ने निर्णयलगत्तै क्याम्पस तथा विद्यालयमा क्वारेन्टाइन निर्माण गरेको हो । आवश्यक परे देशका सबै विद्यालयलाई क्वारेन्टाइन बनाउने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिएका छन् । उनले ठूला विद्यालय र क्याम्पसमा क्वारेन्टाइन निर्माण गर्ने जानकारी दिएका छन् । र, तत्कालका लागि करिब ५ सय शिक्षालयमा क्वारेन्टाइन निर्माण भएको जानकारी पनि उनले दिएका छन् । 

    मन्त्री पोखरेलले क्वारेन्टाइन निर्माण भएका विद्यालय र क्याम्पसमा तत्काल पठनपाठन सञ्चालन गर्न नसकिने जानकारी दिए । ‘अवस्था हेरेर देशैभरका विद्यालय र क्याम्पसमा क्वारेन्टाइन निर्माण गर्ने योजनामा छौं, त्यसैले ती विद्यालय र क्याम्पसमा तत्काल पढाइ हुने अवस्था छैन ।’ उनले भने ।

    हाल सबैभन्दा घेरै सुदूरपश्चिम, प्रदेश–५ र २ का ठँला विद्यालय र क्याम्पसलाई क्वारेन्टाइन बनाइएको छ । हाल क्वारेन्टाइन निर्माण भएका अधिकांश क्याम्पस त्रिविका आंगिक र सम्बन्धन हुन् । त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले आवश्यकताको आधारमा सबै आंगिक क्याम्पसलाई क्वारेन्टाइन बनाउन दिने घोषणा गरेका थिए ।

    उपकुलपति प्राडा बास्कोटाले अहिले डडेल्धुरा, नेपालगन्ज, दाङ, पाल्पा, गुल्मी, बुटवललगायत जिल्लाका ठूला आंगिक क्याम्पसमा क्वारेन्टाइन स्थापना भइसकेको र केहीमा निर्माण हुन बाँकी रहेको बताएका छन् । ‘संक्रमितको संख्या बढ्दै गए सबै क्याम्पसलाई क्वारेन्टाइन निर्माण गर्न दिनेछांै ।’ उनले भने, कीर्तिपुर नगरपालिकाले त्रिविको बेसिक साइन्स क्याम्पसलाई करिब ५० बेडको क्वारेन्टाइन निर्माण भइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार