Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली सरकारले नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय


    बिहिबार, असोज ३० २०८२
    940
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जेनजीको आन्दोलनपछि राजीनामा दिन बाध्य भएको केपी शर्मा ओली सरकारका पालामा नियुक्त भएका ११ देशका राजदूतलाई वर्तमान सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ ।

    आज बसेको मन्त्रीपरिषद् बैठकले चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापान, मलेसिया लगायतका राजदूत फिर्ता बोलाउने निर्णय गरेको सञ्चार सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

    उनीहरूलाई कात्तिक २० गतेभित्र फर्किसक्न निर्देशन दिइएको पनि उनले बताए ।

    फिर्ता बोलाइएका राजदूतहरुमा चीनका कृष्णप्रसाद ओली, जर्मनीका शैल रुपाखेती, इजरायल धनप्रसाद पण्डित, मलेसियाका नेत्रप्रसाद तिमिल्सिना, कतार रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेन सनिल नेपाल, बेलायत चन्द्रकुमार घिमिरे, अमेरिकाका लोकदर्शन रेग्मी र जापानका दुर्गाबहादुर सुवेदी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार