काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले शनिबार बिहान ०४ः३० देखि आज बिहान ०४ः३० बजेसम्म रौतहटको महेशपुरमा अधिकतम वर्षा भएको जनाएको छ । बङ्गालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीको कारणले यही असोज १७ गते साँझदेखि आज बिहानसम्म मनसुन सक्रिय भई मधेस र बागमती प्रदेशका अधिकांश वर्षामापन केन्द्रहरूमा भारीदेखि अति भारी वर्षा तथा कोशी प्रदेशका अधिकांश वर्षामापन केन्द्रहरूमा मध्यमदेखि अति भारी वर्षा मापन भएको विभागले जनाएको छ । त्यस क्रममा रौतहटमा ३५८ मिमी वर्षा मापन भएको विभागले जनाएको हो ।
गत २४ घण्टाको वर्षाको विवरणअनुसार १८६ वटा केन्द्रमा वर्षा मापन गरिएको छ । जसमध्ये १०५ वटा केन्द्रमा ५० मिमीभन्दा बढी, ६८ वटा केन्द्रमा १०० मिमीभन्दा बढी, २१ वटा केन्द्रमा २०० मिमीभन्दा बढी र पाँचवटा केन्द्रमा ३०० मिमीभन्दा बढी वर्षा मापन भएको छ । ३०० मिमीभन्दा बढी वर्षा मापन भएका केन्द्रहरूमा इलाम जिल्लाको हिमाली गाउँ केन्द्र (३३२ दशमलव छ मिमी) र कन्याम टी स्टेट केन्द्र (३१४दशमलव दुई), पर्सा जिल्लाको मुडली केन्द्र (३२८दशमलव छ), रौतहट जिल्लाको महेशपुर केन्द्र (३२८ मिमी) र गौर केन्द्र (३१५ मिमी) रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।
विभागका प्रवक्ता विभूति पोखरेलले अविरल वर्षाका कारण शनिबार अपराह्नबाट उल्लिखित प्रदेशअन्तर्गतका बागमती, त्रिशूली, पूर्वी राप्ती, लालबकैया, कमलालगायतका नदीहरूमा जलसतहले सतर्कता तह पार गरेको र हाल घट्दो क्रममा रहेको जानकारी दिनुभयो । (रासस)
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend