काठमाडौँ । बडादसैँ तथा नवरात्रको नवौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना भइरहेको छ। वैदिक सनातनी परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको आराधना गरिन्छ।
यस वर्ष चौथी तिथि वृद्धि भएकाले नवरात्रको नवौँ दिन महागौरीको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा। डा। देवमणि भट्टराईले जानकारी दिनुभयो
किंवदन्तीअनुसार देवीको रङ पहिले केही कालो भएकाले भगवान् शिवले एकदिन मजाकमा ‘ए काली’ भनेपछि देवीलाई अप्रिय लाग्यो। त्यसपछि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले देवीको नाम महागौरी रहन गएको पुराणमा उल्लेख छ। उनी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरूपमा चित्रित गरिएको पाइन्छ।
नवरात्रको पहिलो दिन घटस्थापना गरी देवी शैलपुत्रीको पूजा गरिएको थियो। त्यसपछि क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी र कालरात्रिको आराधना सम्पन्न भइसकेको छ। आज अष्टमीका दिन महागौरीको पूजाआराधना भइरहेको छ।
नवरात्रका नौ दिनभर घटस्थापनास्थलमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत तथा अन्य देवी स्तोत्रको पाठ गरिन्छ। यसरी देवीको आराधना गरे शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।
विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म पूजाआराधनाबाट प्राप्त प्रसाद ग्रहण गर्ने परम्परा छ। दुर्गा पक्ष भनिने यस पर्वमा शैलपुत्रीदेखि सिद्धिदात्रीसम्म नौ रूपलाई ‘नवदुर्गा’ मानिन्छ।
देशभरका शक्तिपीठ र देवी मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ। विशेषगरी फूलपातीका दिनदेखि सार्वजनिक बिदा हुने भएकाले शक्तिपीठमा चहलपहल अझै बढ्ने गर्दछ। यही दिनदेखि बडादसैँको विशेष रौनक सुरु हुन्छ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend