काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नजिकिँदै गरेका बडादसैँ, नेपाल सम्बत, तिहार र छठ पर्वका लामो बिदाका दिनहरूमा पनि अस्पतालहरूका सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लामो बिदाका कारण बिरामीहरूलाई उपचारका लागि लामो समय पर्खनुपर्ने अवस्था आउन नदिन स्वास्थ्य विज्ञान प्रतिष्ठान, संघीय अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरूलाई आवश्यक जनशक्ति र स्रोत साधनलाई व्यवस्थित गरी आंशिक रूपमा भए पनि सेवा सञ्चालन गर्न आग्रह गरेको हो ।
उक्त निर्देशन अनुसार अत्यावश्यक सेवा, आकस्मिक उपचार र शल्यक्रिया जस्ता सेवा भने सधैँझैँ निरन्तर सञ्चालन हुनेछन्।
भदौ २३ र २४ गतेका दिन प्रदर्शनका क्रममा घाइते भई उपचाररत रहेका सबैको शीघ्र स्वास्थ्य लाभको शुभकामना व्यक्त गर्दै मन्त्रालयले त्यस क्रममा स्वास्थ्य संस्थाहरूले पुर्याएको योगदानप्रति आभार प्रकट गरेको छ।
साथै, आगामी चाडपर्वका समयमा समेत अस्पतालहरूले निरन्तर सेवा प्रवाह गर्नेमा मन्त्रालयले विश्वास व्यक्त गरेको छ। मन्त्रालयले यस कार्यान्वयनमा सबै सरोकारवालाको सहयोग अपेक्षा गरेको जनाएको छ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend