झापा । मुलुकको होचो गाउँपालिकाका रूपमा रहेको कचनकवल-५ पाठामारीस्थित मेची नदीमा निर्मित झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ । सङ्घीय सरकारको रु चार करोड १२ लाख २९ हजार लागतमा बनेको उक्त पुलको लम्बाइ ४४२ दशमलव ४० मिटर रहेको छ ।
कचनकवल-५ का वडाध्यक्ष नुर आलमले भारतीय सीमा नजिक बनेको झोलुङ्गे पुल सञ्चालनमा आएपछि दुवै मुलुकका पर्यटक घुम्न आउन थालेका बताउँदै पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको उल्लेख गर्नुभयो । “मेची नदी पार गर्न दुवै मुलुकका नागरिकलाई अब सहज भएको छ”, उहाँले भन्नुभयो, “साथै नदीमाथि बनेको लामो झोलुङ्गे पुल पर्यटकीय आकर्षणको केन्द्र बन्न थालेको छ ।”
विसं २०७३ मङ्सिर १७ गते नीलगिरि महावीर जेभीसँग निर्माणको सम्झौता भए पनि बजेट अभावले पुल सम्पन्न हुन समय लागेको हो । यसअघि यहाँ पुल नहुँदा स्थानीय बर्खायाममा दुई घण्टा पालो कुरेर काठको डुङ्गाबाट मेची नदी पार गर्दै आएका थिए ।
स्थानीय झट्टु हलुवाईंले मेचीमा पुल तरेर आवतजावत गर्ने कचनकवलबासीको वर्षौंदेखिको चाहना अहिले पूरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सीमा क्षेत्रका बासिन्दाले अनेक कामका लागि एक देशबाट अर्को देशमा आउजाउ गर्नुपर्ने हुन्छ । मेचीमा पुल बनोस् भन्ने धेरै वर्षदेखिको चाहना थियो । बल्ल अहिले साकार भयो ।”
मेची नदीमाथि बनेको उक्त पुलको दुवैतर्फ नेपाली भू–भाग पर्दछ । मेची नदी पारी पुलको पूर्वी भागमा ३० बिघाभन्दा बढी क्षेत्रफल जग्गा नेपालको हो । भारततिर पाठामारी भन्ने बजार छ, भने पुलको पूर्वी भागलाई धोबीभिट्टा भन्ने गरिएको हलुवाईंले जानकारी दिनुभयो ।
चाडपर्व आइसकेकाले स्थानीयबासीलाई वारिपारी गर्न सहज होस् भनेर गत भदौ ३१ गते पुल सञ्चालनमा ल्याइएको वडाध्यक्ष आलमले बताउनुभयो । पुलको दुवै किनारामा पहुँच मार्गको स्तरोन्नति गर्न बाँकी रहेका जनाउँदै उहाँले हाल पैदल र साइकल यात्रीलाई मात्र आवतजावत गर्न दिइएको उल्लेख गर्नुभयो ।
एक महिनापछि मोटरसाइकल ओहोरदोहोर गर्न मिल्नेगरी पहुँच मार्गको स्तरोन्नति गरिने वडाध्यक्ष आलमले बताउनुभयो । उहाँका अनुसार नेपालको होचो भू–भाग भएकाले कचनकवल क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बन्दै आएको छ । यहाँका पोखरी, गन्धर्व बस्तीसँगै झोलुङ्गे पुलको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । (रासस)
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend