Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडक सञ्चालनमा   


    बुधबार, असोज १ २०८२
    805
    Shares
    फाइल फोटो
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । मङ्गलबार राति इच्छाकामना गाउँपालिका–४ घोप्टेभिर, वडा नं ५ तुइनखोला र वडा नं ६ नाम्सीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार बिहान ९ः१० बजेबाट सडक सञ्चालनमा आएको हो । बिहान ६ः०० बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको थियो । तीनवटा एक्साभेटरले पहिरो पन्छाइएको हो । पहिरो पन्छाइएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।   (रासस)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार