काठमाडौँ, १५ फागुन :
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको मङ्गलबार सिंहदरबारमा बसेको बैठक । तस्बिर प्रदीपराज वन्त रासस
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्यालय र विश्वविद्यालय कुनै पनि कारणले बन्द गर्न नहुने प्रावधान विधेयकमा समावेश गर्नुपर्ने बताएकी छन् । बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले निजी विद्यालयका शिक्षकहरूको हकमा समेत बन्द र हड्ताल गर्न नपाउने व्यवस्था राख्नुपर्ने जोड दिइन् ।
‘विद्यालय र विश्वविद्यालय कुनै पनि पक्षले बन्द वा तालाबन्दी गर्न पाउँदैन,’ उनले भनिन्, ‘जुनसुकै कारणले भए पनि विद्यार्थीको मौलिक शिक्षाको अधिकार हनन गर्नुहुँदैन ।’उनले थपिन्, ‘हामीले शिक्षकहरूको हकमा बन्द र हड्ताल गर्न नपाउने व्यवस्था विधेयकमा राखेका छौँ । यो प्रावधान निजी विद्यालयका लागि पनि लागू गर्नुपर्छ । कुनै पनि बहानामा विद्यालय बन्द गर्नुहुँदैन ।’
सांसद श्रेष्ठले अनिवार्य र निःशुल्क शिक्षाको अधिकार सबै विद्यार्थीले पाउनुपर्नेमा जोड दिइन् ।बिहीबारको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल भएको थियो ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend