काठमाडौं । चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाको विभिन्न तह र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको पीसीएल तहको संख्यावृद्धिसहित सिट निर्धारणको निर्णय गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार भएको आयोगको २१औं बैठकले उक्त निर्णय गरेको हो। सिंहदरबारमा भएको बैठकमा आयोगको सिट निर्धारण समितिको सिफारिस बमोजिम सो निर्णय गरेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।
गत असार ३२ गते भएको आयोगको २०औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण गर्न प्रक्रिया अघि बढाएको थियो।
मेडिकल कलेजहरुको पूर्वधार, फ्याकल्टी लगायतका मापदण्डहरु हेरेर एमबीबीएसमा बढीमा १ सय ३० र बीडीएसमा ६० सिटसम्म दिने निर्णय भएको छ।
सबैभन्दा बढी १३० सिट पाउने मेडिकल कलेजहरुमा विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस रहेका छन्। पोखराको मणिपालले १२० सिट पाएको छ।
प्रधानमन्त्रीको सचिवालयले आयोगको सिट निर्धारण समितिको सिफारिस विभिन्न तह र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को पीसीएल तहको संख्यावृद्धिसहित सिट निर्धारणको निर्णय गरेको बताएकोछ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend