Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • शिक्षा विधेयकबारे छलफल गर्न शिक्षा समिति बैठक आह्वान


    बुधबार, साउन २१ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ । समितिका अनुसार बैठक बिहीबार १० बजे बस्नेछ ।

    गत २२ असारमै विधेयक पास गर्ने तयारी थियो । तर शिक्षक महासंघको मागका विषयमा फरक फरक प्रस्ताव आएपछि शिक्षामन्त्री रघुजी पन्तले सहमतिका लागि समय मागेका थिए । समितिले ५ दिनको समय दिएको थियो । त्यसपछि बैठक बस्न सकेको थिएन ।

    विधेयकमा शिक्षकको आवधिक बढुवा, अस्थायी प्रकृतिको शिक्षकको व्यवस्थापन, ईसीडी लगायतको विषयमा सहमति जुट्न सकेको छैन । शिक्षा मन्त्रालयले शिक्षक महासंघसँग छलफल गरेपछि समितिको बैठक बोलाइएको हो ।

    शिक्षा ऐनको माग राखेर महासंघले गत चैत २० देखि २९ दिन लामो शैक्षिक आन्दोलन गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार