रौतहट । ‘रक्तदान जीवन दान’ भन्ने मूलमन्त्र लाई आत्मसात गर्दै रौतहट स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेक्वामा कार्यरत प्रहरी कर्मचारीहरूले ६२ पटक आपातकालीन रक्तदान गरेका छन्।
माधवनारायण नगरपालिका–४, विपनपुरवामा बस्ने २८ वर्षीया लक्ष्मीमाया देवीलाई प्रादेशिक अस्पताल गौरमा डेलिभरीका क्रममा ए प्लस ग्रुपको रक्त आवश्यक परेको थियो ।
बुधबार उक्त जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेक्वा। रौतहटमा कार्यरत हवल्दार उपेन्द्र मुखियाले प्रादेशिक अस्पताल गौरमा उपस्थित भई आपतकालीन रक्तदान गरेका छन्।
उपेन्द्र मुखियाको समयमै गरिएको रक्तदानले लक्ष्मीमायाको जीवन रक्षा गर्न सहयोग पुग्नुका साथै सुरक्षाकर्मीहरू समाजप्रति कति उत्तरदायी छन् भन्ने कुराको पनि पुष्टि भएको छ।
यससँगै, सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हे.क्वा. रौतहट र मातहतका कार्यालयहरूबाट हालसम्म विभिन्न मितिहरूमा रक्त आवश्यक परेका बिरामीहरूका लागि यस आर्थीक बर्षमा कूल ६२ जना प्रहरी कर्मचारीहरूले स्वेच्छिक रक्तदान गरेको सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतले न्युज कारखाना लाई बताएका छन्।
सशस्त्र प्रहरी बल, नेपालले सुरक्षा कायम राख्नेसँगै सामाजिक सेवामा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको देखिएको छ। यस्ता मानवीय कार्यले सुरक्षाकर्मीप्रतिको विश्वास अझ बलियो बनाउने जनाइएको छ।
बिरामीलाई उपचारको क्रममा रगतको अती आवश्यक परेको समय सशस्त्र प्रहरीले रक्तदान गरी सहयोग पुर्याउँदै आएको प्रादेशिक अस्पताल गौरका अस्पताल बिकास समितिका अध्यक्ष अनवर हासमिले बताएका छन्। सशस्त्र प्रहरीद्वारा हुने गरेको रक्तदानले दर्जनौँ बिरामीको ज्यान जोगिएको अध्यक्ष हासमिले जानकारी दिएका छन्।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend