रौतहट । ‘रक्तदान जीवन दान’ भन्ने मूलमन्त्र लाई आत्मसात गर्दै रौतहट स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेक्वामा कार्यरत प्रहरी कर्मचारीहरूले ६२ पटक आपातकालीन रक्तदान गरेका छन्।
माधवनारायण नगरपालिका–४, विपनपुरवामा बस्ने २८ वर्षीया लक्ष्मीमाया देवीलाई प्रादेशिक अस्पताल गौरमा डेलिभरीका क्रममा ए प्लस ग्रुपको रक्त आवश्यक परेको थियो ।
बुधबार उक्त जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेक्वा। रौतहटमा कार्यरत हवल्दार उपेन्द्र मुखियाले प्रादेशिक अस्पताल गौरमा उपस्थित भई आपतकालीन रक्तदान गरेका छन्।
उपेन्द्र मुखियाको समयमै गरिएको रक्तदानले लक्ष्मीमायाको जीवन रक्षा गर्न सहयोग पुग्नुका साथै सुरक्षाकर्मीहरू समाजप्रति कति उत्तरदायी छन् भन्ने कुराको पनि पुष्टि भएको छ।
यससँगै, सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हे.क्वा. रौतहट र मातहतका कार्यालयहरूबाट हालसम्म विभिन्न मितिहरूमा रक्त आवश्यक परेका बिरामीहरूका लागि यस आर्थीक बर्षमा कूल ६२ जना प्रहरी कर्मचारीहरूले स्वेच्छिक रक्तदान गरेको सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतले न्युज कारखाना लाई बताएका छन्।
सशस्त्र प्रहरी बल, नेपालले सुरक्षा कायम राख्नेसँगै सामाजिक सेवामा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको देखिएको छ। यस्ता मानवीय कार्यले सुरक्षाकर्मीप्रतिको विश्वास अझ बलियो बनाउने जनाइएको छ।
बिरामीलाई उपचारको क्रममा रगतको अती आवश्यक परेको समय सशस्त्र प्रहरीले रक्तदान गरी सहयोग पुर्याउँदै आएको प्रादेशिक अस्पताल गौरका अस्पताल बिकास समितिका अध्यक्ष अनवर हासमिले बताएका छन्। सशस्त्र प्रहरीद्वारा हुने गरेको रक्तदानले दर्जनौँ बिरामीको ज्यान जोगिएको अध्यक्ष हासमिले जानकारी दिएका छन्।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend