Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्वास्थ्यमन्त्री पौडेल अस्पताल भर्ना


    आइतबार, असार १५ २०८२
    985
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अस्वस्थ भएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना भएका छन्। मन्त्री पौडेलको सचिवालयका अनुसार ज्वरो आएपछि उनलाई हिजो बेलुका अस्पताल भर्ना गरिएको हो।

    वीर अस्पतालको भीआईपी क्याबिनमा राखेर अहिले उनको उपचार भइरहेको छ। स्वास्थ्यमन्त्री पौडेलले केही दिनअघि मात्रै संयुक्त राष्ट्रसंघको एक कार्यक्रममा भाग लिन थाइल्याण्डको बैंकक पुगेका थिए।

    शुक्रबार बिहान स्वदेश फर्किएका उनी पुन अस्वस्थ भएका हुन् । बैंककबाट फर्किएलगत्तै विरामी परेका उनी अघिल्लो साता पनि उनी रुघा खोकी र ज्वरोले समस्यामा परेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार