काठमाडौं । नेपालमा ओमिक्रोनका ५ नयाँ सब-भेरिएन्ट पुष्टि भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिन सिक्वेन्सिङ परीक्षणमा यी सब(भेरिएन्ट फेला परेका हुन् ।
जेठ २२ देखि २९ गतेसम्म कोभिड-१९ पुष्टि भएका १४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा ओमिक्रोनका विभिन्न सब-भेरिएन्ट पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीका अनुसार सबै प्रदेशमा सङ्कलन गरिएका नमुनामा यी सब-भेरिएन्ट देखिएका छन् । उनका अनुसार हाल फेला परेका सब-भेरिएन्टहरू अत्यधिक सङ्क्रामक भए पनि कम घातक छन् । पुष्टि भएका सब(भेरिएन्टहरूमा सातवटा एक्सएफजी, तीनवटा एक्सएफजी, एउटा एक्सएफजी ३।१ र दुईवटा जेएन १ रहेका छन् ।
ओमिक्रोनका सब-भेरिएन्टहरू कोभिड-१९ गराउने सार्स-कोभ-२ भाइरसको विकसित रूप हुन् । भाइरसमा निरन्तर अनुवंशिक परिवर्तन (म्युटेसन)हुन्छ, जसले गर्दा नयाँ भेरिएन्टहरूले फरक विशेषताहरू प्रदर्शन गर्छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पुस महिनायता २५ जिल्लामा १६७ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण सबैभन्दा बढी बागमती प्रदेशमा १३१, कोशीमा ४, मधेसमा ५, गण्डकीमा ३ र सुदूरपश्चिममा २१ जनामा देखिएको छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend