Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शैक्षिक हड्तालले पुर्याएको क्षति हिउँदे वा बर्खे बिदामा पूर्ति गर्नू: शिक्षक महासंघ


    शनिबार, बैशाख २७ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल शिक्षक महासंघले २९ दिने शैक्षिक हड्तालको क्षति हिउँदे वा बर्खे बिदामा पूर्ति गर्न अनुरोध गरेको छ । महासंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शिक्षक विद्यालयहरुलाई यस्तो अनुरोध गरेको हो ।

    महासंघले विद्यालय शिक्षा ऐनको माग गर्दै माघ २० गतेबाट ८९ दिन लामो शिक्षक(कर्मचारी आन्दोलन गरेको थियो । २९ दिन काठमाडौँ केन्द्रित शान्तिपूर्ण शैक्षिक सडक आन्दोलन गरेको थियो।

    आन्दोलनका क्रममा आयोजना भएको आम शैक्षिक हडतालका कारण विद्यालयको भर्ना र पठनपाठन अबरुद्ध भएकाले विद्यार्थीमा पर्न गएको शिक्षण सिकाइको क्षतिलाई ध्यानमा राखी आफ्नो अनुकूलता अनुसार हिउँदे वा वर्षे विदामा सो क्षतिको आपूरण गर्न सबै प्रधानाध्यापक तथा शिक्षक(कर्मचारीलाई महासंघले अनुरोध गरेको छ ।

    आन्दोलनपछि विगतमा सहमति भई कार्यान्वयनमा नआएका विषयहरु मन्त्रिपरिषद्बाट निर्णयमार्फत् कार्यान्वयन गराएको महासंघले जनाएको छ । असार १५ गते भित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारीत गर्ने सुनिश्चित भएको बताउँदै यो आन्दोलन अत्यन्त सफल र उपलब्धिमूलक भएको महासंघको ठहर छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार