Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शिक्षा विधेयकबारे छलफलमा जुटे कार्यबाहक प्रधानमन्त्री सिंह


    बिहिबार, चैत्र २१ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले शिक्षा विधेयकबारे छलफल थालेका छन् । सिंहदरबारमा गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिका सांसदहरूसहितको छलफल जुटेका हुन् ।

    शिक्षा समितिमा विधेयकको काम कहाँसम्म पुगेको छ र शिक्षकका मागका विषयमा कार्यबाहक प्रधानमन्त्री सिंहले बुझ्न लागेका हुन् ।

    कार्यबाहक प्रधानमन्त्री सिंहले सम्बन्धित सरोकारवालासँग विधेयकको स्थितिबारे छलफल गरेपछि आन्दोलनरत शिक्षकसँग वार्ता गर्ने तयारी गरिरहेका छन् ।

    शिक्षा समितिले उपसमिति बनाएर विधेयकको काम अगाडि बढाएको छ । तर, विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू काठमाडौंमा आन्दोलन गरिहरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार