काठमाडौं । काठमाडौंको वायु प्रदूषण सूचकांक निकै अस्वस्थकर (खतरनाक) विन्दुमा पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौंसहित देशका प्रमुख सहरको वायु प्रदूषण गुणस्तर खतरनाक भएको भन्दै बच्ने उपायहरू अवलम्बन गर्न आग्रह गरेको छ ।
बिहीबार काठमाडौंको वायु प्रदूषण सूचकांक (एक्युआइएयर) ३०८ पुगेको छ । जबकी, ५० एक्यु आइएयर भन्दा माथिलाई राम्रो मानिँदैन । केही दिन यता वायु प्रदूषणका कारण मानिसहरूमा श्वासप्रश्वासमा समस्या, दम र फोक्सोको सङ्क्रमणको जोखिम, सुख्खा खोकी लाग्ने, घाँटी चिलाउने, आँखा पोल्ने, छाला सुख्खा हुने, एलर्जी र जलन हुने, टाउको दुख्ने, थकान महसुस हुने लगायतका स्वास्थ्य सम्बन्धी शारीरिक र मानसिक समस्या बढ्दै प्राधिकरणले जनाएको छ ।
गर्मी मौसम बढेसँगै बढ्दो वन डढेलो र आगलागीका घटना, सडक निर्माण लगायतका निर्माण कार्यसँगै निस्केका धुलाका कण, सवारी प्रदूषण, फोहर मैला र फोहर मैला जलाउने कार्य, काठमाडौँ उपत्यकाको भौगोलिक अवस्थिति, हिउँदे वर्षा कम हुनु र मनसुन सुरुवात नभइसकेको अवस्थामा केही दिनयता काठमाडौँ उपत्यका लगायत देशका प्रमुख सहरको वायु प्रदूषण खतराको अवस्थामा पुगेको प्राधिकरणले जनाएको छ ।
‘वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) निकै अस्वास्थ्यकर बिन्दुमा पुगेको हुँदा मानिसहरूमा श्वासप्रश्वासमा समस्या, दम र फोक्सोको सङ्क्रमणको जोखिम, सुख्खा खोकी लाग्ने, घाँटी चिलाउने, आँखा पोल्ने, छाला सुख्खा हुने, एलर्जी र जलन हुने, टाउको दुख्ने, थकान महसुस हुने लगायतका स्वास्थ्य सम्बन्धी शारीरिक र मानसिक समस्या बढ्दै गएको देखिन्छ’, प्राधिकरणले भनेको छ ।
काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा । यो दिनसँगै नेपालीको महान पर्व दसैँ औपचारिक रूपमा समापन हुन्छ । टिकाको दिनदेखि आज पुर्णिमासम्म...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend