Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आगामी बजेटका लागि स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव


    बिहिबार, चैत्र ७ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन सार्वजनिक अनुरोध गरेको छ।

    मन्त्रालयले आर्थिक वर्ष २०८२.०८३ को बजेटमा स्वास्थ्यसम्बन्धी कार्यक्रममा सुझाव दिन सबै सरोकारवाला निकायलाई आग्रह गरेको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बजेट तर्जुमा गर्दा सरोकार राख्ने सबै क्षेत्रबाट सुझाव संकलन गर्ने व्यवस्था गर्न निर्देशन दिएका थिए।

    सोबमोजिम मन्त्रालयले वेबसाइटमा सूचना प्रकाशन गरी गुगल फर्ममार्फत सुझाव दिन सकिने व्यवस्था मिलाएको छ।

    मन्त्रालयका स्वास्थ्यसम्बन्धी कार्यक्रममा सुझाव दिन चाहने सबैले सुझाव दिन सक्ने र प्राप्त सुझाव ग्रहण गर्ने व्यवस्था मिलाइएको प्रवक्ता डा प्रकाश बुढाथोकीले बताएका छन्।

    मन्त्रालयले बजेट सिलिङका आधारमा प्राथमिकताका क्षेत्र निर्धारण गर्न सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गर्ने गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार