सिरहा । सिरहामा एसइई शुरु भएको २० मिनेट मै अंग्रेजी विषयको प्रश्न पत्र बाहिरिएको छ।
माध्यमिक शिक्षा परीक्षा (एसइई)को पहिलो दिन नै सिरहामा अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको हो ।
केन्द्राध्यक्ष र प्रहरी प्रशासनकै सेटिङमा मोवाईल प्रयोग गरी प्रश्नपत्र वाहिरीएको स्रोतले जनाएको छ। प्रश्नपत्र कुन परीक्षा केन्द्रबाट आउट भएको कुरा खुल्न सकेको छैन् ।
जिल्ला परीक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारीे बासुदेव दाहालले एसईई परिक्षा मर्यादित बनाउन ५० जना डेडिकेटेड मानिसहरु खटाएका बताए ।
उनले भने, ‘पात समेत हल्लिन दिएको छैन्, प्रश्नपत्र कसरी बाहिरिएको हो, त्यसबारे अनुसन्धान हुदैँछ।’
परीक्षा मर्यादित बनाउन यसवर्ष परीक्षा केन्द्रहरुमा मोवाइल तथा अन्य चिटिङ गर्ने समानमा प्रतिबन्ध लगाए तापनि प्रश्नपत्र आउट हुदाँ प्रहरी प्रशासन र केन्द्राध्यक्षहरु कै सेटिङ रहेको पुष्टि गरेको स्थानियको आरोप छ ।
काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा । यो दिनसँगै नेपालीको महान पर्व दसैँ औपचारिक रूपमा समापन हुन्छ । टिकाको दिनदेखि आज पुर्णिमासम्म...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend