काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनमा कुनै पनि प्रकारको अवरोध नगर्न सबैलाई आग्रह गरेको छ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भोली(बिहीबार) देखि सुरु हुने एसईई परीक्षामा प्रदेश सरकार सहभागी नहुने जनाएपछि बोर्डले आन्तरिक रूपमा उठेका बिषय मिलाएर परीक्षा सञ्चालनमा कुनै पनि प्रकारको अवरोध नगर्न आग्रह गरेको हो।
बोर्डका अध्यक्ष महाश्रम शर्माले प्रदेश सरकारले गरेका निर्णयमा बोर्डले हस्तक्षेप गर्न नमिल्ने तर परीक्षा सञ्चालनमा अवरोध गर्न नहुने बताएका हुन्। अध्यक्ष शर्माले प्रदेश परीक्षा व्यवस्थापन कार्यालय र जिल्ला परीक्षा समन्वय समितिले छलफल गरेर यो विषय छिटो मिलाउनुपर्नेमा पनि जोड दिए।
उनले भने, ‘परीक्षालाई मार्यादित बनाउन बोर्ड लागिरहेको छ। परीक्षा रोक्ने र नराम्रो बनाउने मनसाय मुख्यमन्त्रीको पनि होइन होला। तर, सबै पक्षको सहयोग भए मात्र परीक्षा सफल र मर्यादित बनाउन सकिन्छ।’
मधेस प्रदेश सरकारले फागुन २६ गते एसईईलाई मर्यादित तथा व्यवस्थित बनाउन परीक्षामा खटिने केन्द्राध्यक्ष गोलाप्रथाबाट छनोट गर्नुपर्ने निर्णय गरेको थियो। तर, जिल्ला परीक्षा समन्वय समितिले निर्णय कार्यावन्यन नगरेको भन्दै मंगलबार मुख्यमन्त्री सिंहले जनकपुरमा पत्रकार सम्मेलन गर्नै एसईई परीक्षामा प्रदेश सरकार सहभागी नहुने बताएका थिए। तर, उनले परीक्षा सञ्चालनमा कुनै पनि प्रकारको अवरोध नगरिने पनि बताएका छन्।
केन्द्राध्यक्ष परीक्षा केन्द्र रहेको विद्यालयका प्रधानाध्यपकलाई सिफारिस गरिँदा परीक्षा मर्यादित नहुनेमा उनको जोड थियो। भोलि (बिहीबार) बिहानदेखि सञ्चालन हुन लागेको एसईई परीक्षामा मधेस प्रदेशबाट ८८ हजार ८ सय ५८ विद्यार्थी सहभागी हुँदैछन्।
काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा । यो दिनसँगै नेपालीको महान पर्व दसैँ औपचारिक रूपमा समापन हुन्छ । टिकाको दिनदेखि आज पुर्णिमासम्म...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend