रौतहट – रौतहटको पूर्विभेग दुर्गाभगवती गाँउपालिकामा गर्भवती महिलालाई निस्शुल्क अल्ट्रासाउण्ड सेवा प्रदान सुरू गरिएको छ।
पालिका प्रमुख शम्भु सिंहको विशेष सक्रियतामा स्वास्थ्यकर्मीको टोली गाउँपालिकाको वडामै पुगेर गर्भवती महिलाहरूको निःशुल्क अल्ट्रासाउण्डसहित स्वास्थ्य परीक्षण सुरू गरेको हो।
ुग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमु अन्तर्गत पालिकाभित्रका सम्पूर्ण गर्भवतीका लागि भिडियो एक्सरे सेवा उपलब्ध गराउन सुरू गरिएको पालिका प्रमुख सिंहले बताए।
यस कार्यक्रमले घरमै बसेर गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जाँच सुरू भएको र अब प्रादेशिक अस्पताल गौरसम्म वा त्यसैको लागि बाहिर धाउनुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ रहेको छ।
यसले पालिकाभित्रका गर्भवती महिलाका गर्भमा रहेको शिशु र आमा दुवैको स्वास्थ्य अवस्था जानकारी लिन सजिलो भएको पालिका स्वास्थ्य संयोजक दिनेश महतोले बताएका छन्।
वडा नम्बर ५ बागमती पारीको गाउँ बडहर्वाबाट शनिबारदेखि सुरू भएको कार्यक्रममा आईतवारसम्म ४५ जना गर्भवती महिलाहरुले सेवा लिएको पालिकाले जनाएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend