काठमाडौं । धेरै अनुसन्धानबाट यो प्रमाणित भइसकेको छ कि हिड्नु भनेको पूरै शरीरमा गतिशीलता ल्याउने सबैभन्दा ठूलो माध्यम हो।
हिँड्दा शरीरको हरेक अङ्गलाई फाइदा हुन्छ । सबैभन्दा पहिले त यसले क्यालोरीहरू घटाउँछ, जसका कारण तपाईको मेटाबोलिजम बढ्न जान्छ ।
फटाफट वा गति बढाएर हिडदा सम्पूर्ण शरीरलाई उचित ऊर्जा प्राप्त हुन्छ। यदि तपाइँ नियमित रूपमा हिँड्नुहुन्छ भने, यसले तपाइँको मांसपेशिहरु कसिलो बनाउँछ र तौल कम गर्दछ। हिड्दा मूड राम्रो रहन्छ किनभने यसले तनाव कम गर्दछ । हिँड्दा मुटु र कलेजोको रोगबाट पनि बचाउँछ । यसरी हेर्दा तिब्र गतिमा हिड्नुका धेरै फाइदाहरु छन् । तर प्रायः मानिसहरूको दिमागमा अन्योल हुन्छ कि केही खाएपछि हिँड्ने कि खाली पेटमा हिड्ने ? यसको बारेमा हामी केही जानकारी दिनेछौं ।
खाली पेटमा हिडनुको फाइदाः
यदि तपाई तौल घटाउन चाहनुहुन्छ भने खाली पेटमा हिड्नु तपाईको लागि निकै फाइदाजनक साबित हुन सक्छ । यो एक प्रकारको फास्टिङ कार्डियो हो। यदि मानिस स्वस्थ छ भने उसले हरेक बिहान खाली पेटमा तीव्र गतिमा हिँड्नु पर्छ । जब कोही खाली पेटमा हिँड्छ, उसको पेटमा केही रहँदैन। मतलब, शरीरले तपाईंको शरीरमा रहेको बोसोको ऊर्जा प्रयोग गर्न थाल्छ। त्यसैले खाली पेटमा हिँड्दा तौल घट्छ ।
शरीरले बिहान कम ग्लुकोज भण्डारण गर्छ। जब तपाईं हिँड्नुहुन्छ, तपाईंको शरीरको मांसपेशीहरूमा संकुचन हुन्छन्। यस्तो अवस्थामा शरीरमा पहिले नै जम्मा भएको ऊर्जा मात्र खर्च हुन्छ किनभने संकुचनका लागि ऊर्जा चाहिन्छ। मांसपेशीहरूले यो ऊर्जा रगतमा रहेको चिनीबाट लिन्छन्। जब रगतमा चिनीको मात्रा कम हुन थाल्छ, कलेजोले ग्लाइकोजन तोड्न थाल्छ। यो ग्लुकोजमा परिणत हुन्छ र मांसपेशिद्वारा प्रयोग गरिन्छ। यसरी शरीरमा अतिरिक्त क्यालोरी खर्च हुँदा पहिल्यै जम्मा भएको बोसो टुट्दै जान्छ। तर मधुमेह, उच्च रक्तचापजस्ता स्वास्थ्य समस्या भएका व्यक्तिहरूले खाली पेटमा हिँड्नु हुँदैन।
खाजा खाएर हिड्नुका फाइदाः
बिहानको खाजा पछि पनि हिड्दा मानिसहरूले फाइदा लिन सक्छन्। बिहानको खाजा खाइ सके पछि पनि हिँड्न थाल्नुभयो भने पनि फाइदा हुनेछ । खासमा यसले शरीरको स्ट्यामिना बढाउँछ। तपाईको कार्य सम्पादनमा सुधार हुन्छ, यसले पनि शरीरले संचित ऊर्जा खर्च गर्छ । यसले रगतमा चिनीको मात्रा बढाउँदैन। यस्तो अवस्थामा मधुमेहका बिरामीले खाना खाइ सकेपछि हिँड्नु बढी फाइदाजनक हुन्छ । साथै, उच्च रक्तचाप भएका व्यक्तिले खाना खाइ सके पछि हिँड्दा पनि बढी फाइदा हुन्छ । यदि तपाईं बिहानको खाजा पछि हिँड्नुभयो भने यसले तपाईंको पाचनलाई पनि स्वस्थ राख्छ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend