काठमाडौँ – नेपालले निः शुल्क पाउने भनिएको बाल क्यान्सरको उपचारमा प्रयोग हुने औषधि छिट्टै आइपुग्ने भएको छ। अमेरिकाको सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च हस्पिटलको सहकार्यमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई ३५ थरीको औषधि निःशुल्क दिन लागेको हो।
बाल क्यान्सरको उपचारमा प्रयोग हुने ३५ प्रकारका अत्यावश्यक औषधि उपलब्ध गराउने सम्झौता अघिल्लो वर्ष २७, मार्चमा भएको थियो। सम्झौता अनुसार नेपालले ५ वर्षसम्मका लागि निःशुल्क औषधि प्राप्त गर्नेछ।
अहिले पहिलो लटमा एक वर्षलाई पुग्ने गरी औषधि आउन लागेको विश्व स्वास्थ्य संगठन नेपालका बाल क्यान्सर अधिकृत डा. सुमन पन्थीले जानकारी दिएका छन्। कुन दिन औषधि आइपुग्छ भन्ने निश्चित नभए पनि एकसाता भित्र आइपुग्ने उनले बताए।
यसरी निःशुल्क आउने औषधि तत्कालका लागि नेपालका ४ अस्पताललाई दिइने छ। भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन अस्पताल र भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालले औषधि पाउनेछन्। २०२५ देखि २०३० सम्म ५ वर्षका लागि नेपालले निःशुल्क औषधि पाउने सम्झौता भएको छ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
काठमाडौँ। काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा । यो दिनसँगै नेपालीको महान पर्व दसैँ औपचारिक रूपमा समापन हुन्छ । टिकाको दिनदेखि आज पुर्णिमासम्म...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend