Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • रात्रिक्लब अगाडि हानाहान, कुटपिटका योजनाकार लामालाई प्रहरी संरक्षण


    सोमबार, माघ २१ २०८१
    2.1K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । बारम्बार झगडा भइरहने पोखराको लेकसाइडस्थित क्याटवाक क्लवअगाडि बिहीबार (माघ १७) गते फेरि दुई समूहबीच हानाहान भएको छ । क्वाटवाक क्लवका बाउन्सर र क्लव आर्ईभीवाईका बाउन्सरबीच हानाहान भएको थियो ।

    कुटाकुटमा क्लव आर्ईभीवाईका बाउन्सर अमित गुरुङ गम्भीर घाइते भएका छन् । उनको टाउकोमा गम्भीर चोट लागेको र हात भाँचिएको छ । टाउकोमा गम्भीर चोट लागेकाले उनले बमिट नै गरेका थिए । अमित गुरुङको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । अमित गुरुङमाथि क्वाटवाकका बाउन्सरले आक्रमण गरेका थिए । जसमा क्वाटवाकका बाउन्सर जीवन ओलीको पनि नाक भाँचिएको छ ।

    उक्त कुटाकुट क्वाटवाक क्लव संचालक गुप्त लामाको डिजाइनमा भएको स्रोतको दाबी छ । लेकसाइडमा रहेको वडा प्रहरी कार्यालय बैदामका इन्चार्ज डीएसपी सन्तोष निरौलाले क्वाटवाक अगाडि भए पनि क्लबको कुनै भूमिका नभएको भन्दै संचालक गुप्त लामाको बचाउ गरेका छन् । उनले भने–बाटोमा कुटाकुट भएको हो । कुटाकुट गर्नेहरु क्लवमा काम गर्ने होलान्, तर क्लवकै संलग्नता छैन ।’

    डीएसपी निरौलाले घटनालगत्तै बिहीबार नै क्लव आईभीवाईका संचालक नाना छन्त्याललाई पक्राउ गरेका थिए । क्लव आईभीवाई घटनास्थल भन्दा टाढा भए पनि संचालकलाई पक्राउ गरिनु र घटना भएको स्थानसँगैको क्वाटवाक क्लवका संचालक गुप्त लामालाई भने नसमातिनुले पनि प्रहरीको भूमिकाप्रति प्रश्न उठेको छ । प्रहरी स्रोतका अनुसार घटना घटाउन भूमिका भएको आरोप लागेका गुप्त लामाले उल्टै क्लव आईभीवाईका संचालक छन्त्यालबिरुद्ध शरीर बन्धक र अभद्र ब्यवहारमा जाहेरी दिएका थिए ।

    गुप्त लामाले नै आफ्नो क्लवका बाउन्सरलाई लगाएर क्लव आईभीवाईका बाउन्सर गुरुङलाई टाउकोमा गम्भीर चोट लाग्नेगरी कुटेर प्रहरीसँगको सेटिङमा उल्टो जाहेरी दिएको आरोप छ । क्याटवाक क्लवका संचालक गुप्त लामाको प्रभावमा परी प्रहरीले आईभीवाई क्लवका संचालक छन्त्याललाई पक्राउ गरी गुप्त लामाका बिरुद्ध जाहेरी नदिने सर्तमा सुटुक्क छाडेको छ । डीएसपी निरौलाले आईभीवाई क्लबका संचालक छन्त्याललाई पक्राउ नगरिएको दाबी नेपालफेस प्रतिनिधिसँग गरेका छन् ।

    क्वाटवाक क्लबका गुप्त लामाले वडा प्रहरी बैदामसँग सेटिङ गरी अरु क्लवमा ग्राहकहरु धेरै जान थाले प्रहरी पठाउन लगाई डिष्टर्ब गर्न लगाउने गरेको आरोप छ । बैदाममा खटिने प्रहरीका हाकिमलाई खुसी पारी उनले अरु क्लवमा प्रहरी खटाउने र दुःख दिने गरेको बिषय पटक पटक मिडियाले उठाउँदैआएका छन् ।

    गएको बर्ष मंसिर अन्तिममा क्वाटवाक क्लवमा सुरेश रायमाझी, सुरज थापा, अमित अधिकारीलगायतको ७–८ जनाको समूह र गुप्त लामाको समूहबीच भनाभन भएपछि हानाहान भएको थियो । त्यो समयमा पनि गुप्त लामाले बैदामको प्रहरीलाई बोलाएर रायमाझीको समूहलाई भ्यानमा राखी बैदाम पुर्याउन लगाएका थिए । लामा र रायमाझी एउटै समूहका भएकाले यो घटनालाई प्रहरीले नै मिलाएको थियो ।

    क्याटवाकका सञ्चालक गुप्त लामामाथि मिटरब्याजमा पैसा लगाउनेदेखि गुण्डानाइकेहरुसँग मिलेर असुलीमा संलग्न हुने गरेको आरोप लाग्दै आएको छ । हतियार, लागूऔषध मुद्दा र बैंक लुटपाटमा ८ बर्ष जेल बसेर निस्केका गुण्डानाइके बिक्रम लामालाई प्रहरीमा सेटिङ मिलाएर गुप्त लामाले जोगाएको पनि खुलेको छ ।

    लेखनाथ र पोखरा आसपासका क्षेत्रमा जग्गा प्लटिङ, सडक निर्माणका ठेकेदारसँग पैसा उठाउने विक्रमलाई प्रहरीमा सेटिङ मिलाएपछि अहिले पनि उनको असुली धन्दा जारी रहेको छ । फेवातालको मापदण्डभित्र पर्ने क्याटवाक नामक क्लबमा पटक– पटक झगडा र ग्याङ फाइट हुने गरे पनि प्रहरीले थाहा नपाएकोजस्तै गर्दैआएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार