Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  खाने तेल लिटरमै २० रुपैयाँले वृद्धि


    शुक्रबार, बैशाख ५ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ, ५ बैशाख । लकडाउनको समयमा खानेतेलको मुल्यमा बृद्धि भएको छ । केही दिनयता विभिन्न ब्राण्डका खानेतेलको मूल्य लिटरमा १० देखि २० रुपैयाँसम्म बढेको हो । खुद्रा विक्रेताहरूका अनुसार फ्याक्ट्रीबाटै मूल्य बढेर आएको  हो ।

     उद्योगहरूले चाहिँ ढुवानी खर्चमा भएको वृद्धिलाई कारण देखाएका छन् तेलको मुल्यमा बृद्धि गरेको उनीहरुको अनुमान छ । 

    सनफ्लावर रेगुलरको एक कार्टुनको मूल्य चैत १० गतेसम्म १४ सय ५० रुपैयाँ थियो । एक लिटरको तेललाई खुद्रा व्यापारीले प्रतिलिटर एक सय ४५ रुपैयाँमा होलसेलबाट किनेर एक सय ५० रुपैयाँमा ग्राहकलाई बिक्री गर्थे । तर, अहिले उक्त तेलको मूल्य एक लिटरमा १० देखि १५ रुपैयाँ बढेर आएको खुद्रा व्यापारी ध्रुव अधिकारीले बताए ।

    उनका अनुसार चैत्र १० सम्म एक सय ५० रुपैयाँमा बिक्री गरेको तेलको मूल्य अहिले एक सय ७० रुपैयाँ पर्छ ।

    अर्का खुद्रा व्यापारी सुमन सिटौलाका अनुसार तोरी र सोयाबिनको तेलमा पनि मूल्यवृद्धि भएको छ । लकडाउन सुरु हुनुअघि एक सय ४५ रुपैयाँ लिटरमा पाइने तेलको होलसेल मूल्य अहिले एक सय ६० रुपैयाँ पुर्‍याइएको सिटौलाले बताए ।

    यस्तै, तोरीको तेलमा पनि प्रतिलिटर १५ रुपैयाँ मूल्य बढेको छ । प्रतिलिटर दुई सय १० रुपैयाँमा पाइने तेलको अहिले होलसेलले दुई सय २५ रुपैयाँ पुर्‍याएको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार