काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा फेरि मंकीपक्सको संक्रमित भेटिएपछि सचेत रहन आग्रह गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालमा पुनस् मंकीपक्स पुष्टि भएपछि आवश्यक सावधानी अपनाउन सचेत गराएको हो ।
बिहीबार साउदी अरेबियाबाट फर्किएका तनहुँका एक ३६ वर्षीय पुरुषलाई शुक्रबार मंकीपक्स पुष्टि भएको थियो । संक्रमण पुष्टि भएका वा शंकास्पद व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजान मन्त्रालयले सचेत गराएको छ ।
मन्त्रालयले सबैलाई सचेत रह र यदि कसैलाई मंकीपक्ससँग मिल्दो लक्षण भेटिए अस्पताल गएर चिकित्सकको सल्ला लिने र मन्त्रालयको हेलो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरी परामर्श लिन सूचित गरेको छ ।
साथै, यसको निदानका लागि मन्त्रालयबाट हरेक प्रदेशमा अस्पतालहरूसमेत तोकी विशेषज्ञहरू तोकिसकिएकोले हुनाले उनीहरूबाट परामर्श लिन सकिने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, अस्पतालहरू र प्रयोगशालाद्वारा निगरानी र सजगता बढाइएको बताएको छ ।
मन्त्रालयले मंकीपक्सको संक्रमण हुँदा ज्वरो आउने, ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भइ फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थिहरू बढ्ने, आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्यु समेत हुन सक्ने जनाएको छ।
मंकीपक्स संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा सर्ने जनाएको छ। बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ जस्तै थुक, र्यालको सम्पर्कबाट, भाइरसबाट दूषित सतह र सामग्रीको प्रत्यक्ष, संक्रमित बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि सर्ने मन्त्रालयले जनाएको छ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
काठमाडौँ। काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा । यो दिनसँगै नेपालीको महान पर्व दसैँ औपचारिक रूपमा समापन हुन्छ । टिकाको दिनदेखि आज पुर्णिमासम्म...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend