Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • संस्कृत विश्वविद्यालय उपकुलपतिका लागि १३ जनाको आवेदन


    शुक्रबार, मंसिर २१ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ‌ – नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिका लागि १३ जनाको आवेदन परेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवेदकहरूको दरखास्त स्वीकृत गरेको हो ।

    आवेदन दिनेमा प्रा. डा. वीरेन्दकुमार लाल, प्रा. डा. भागवत ढकाल, प्रा. डा. गुरुप्रसाद सुवेदी, प्रा.डा. भीमप्रसाद खतिवडा, प्रा.डा. लेखप्रसाद निरौला, प्रा. डा. ऋषिराम रेग्मी, प्राडा धनेश्वर नेपाल, प्रा. डा. कृष्णकान्त पराजुली, प्रा. डा. शान्तिकृष्ण अधिकारी, प्राडा जयन्त आचार्य, प्रा. डा. लालमणि पाण्डे, प्रा.डा. कार्तिकेय झा र प्रा.डा. नवराज कट्टेल छन् ।

    उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले २८ कात्तिकमा दरखास्तका लागि आह्वान गरेको थियो । अब १३ जनाले आफ्नो सोचपत्र पेस गर्ने छन् । त्यसपछि उनीहरूको अन्तर्वार्ता लिइ १३ जना मध्येबाट १ जना उपकुलपति बन्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार