Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • चलचित्र ‘पुष्पा २’ ले सबैको रेकर्ड तोड्दै पहिलो दिनमा कमायो झन्डै ३ सय करोड


    शुक्रबार, मंसिर २१ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • मुम्बई – अल्लु अर्जुन र रश्मिका मन्डन्नाको अभिनय रहेको चलचित्र ‘पुष्पा २’ ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ

    फिल्मले रिलिजको पहिलो दिनमै ठूला फिल्महरूको सबैजसो रेकर्ड तोडेको छ । ओस्कार विजेता फिल्म ‘आरआरआर’ ले पनि ‘पुष्पा २’ को अगाडी आत्मसमर्पण गरेको छ ।

    जताततै ‘पुष्पा २’ को नाम मात्र सुनिन्छ । भारतीय सिनेमाको इतिहासमा अन्य कुनै फिल्मले गर्न नसकेको यो फिल्मले गरेको छ । अल्लु अर्जुनको फिल्मले विश्वभर आफ्नो छाप छोडेको छ । यसले पहिलो दिन विश्वभर करिब ३ सय करोड रुपैयाँ कमाएको छ ।

    ‘पुष्पा २’ रिलिज हुनुअघि सबैको ध्यान यो फिल्मले आरआरआर, कल्की, जवान, पठानको पहिलो दिनको कमाईको कीर्तिमान तोड्न सक्छ कि सक्दैन भन्नेमा मात्रै केन्द्रित थियो । ‘पुष्पा २’ ले साउथदेखि बलिउडसम्मका फिल्मको पहिलो दिनको कमाइको रेकर्ड तोडेको छ ।

    एक रिपोर्ट अनुसार ‘पुष्पा २’ ले विश्वभर रिलिजको पहिलो दिन २८२.९१ करोडको ऐतिहासिक कमाई गरेको छ ।
    ‘पुष्पा २’ ले कीर्तिमानी कमाई गरेपछि सबैले खुसी मनाइरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार