काठमाडौँ । धौलागिरी हिमाल आरोहण गर्न गएका पाँच जना रूसी नागरिकको मृत्यु भएको छ ।
पर्यटन विभागका अनुसार मंगलबार बिहान पाँच जना रूसी पर्वतारोहीको शव ७ हजार ६०० मिटरको उचाइमा फेला परेको हो ।
१४ जना रूसी नागरिकको समूह धौलागिरि हिमालको आरोहणका लागि गएकोमा ८ जना आइतबार रातिदेखि नै सम्पर्कविहीन भएका थिए । उनीहरू आइएएम ट्रेकिङ एजेन्सीमार्फत् आरोहणका लागि गएका थिए ।
आइतबार रातिदेखि नै सम्पर्कविहीन भएका उनीहरुको उद्धार गर्न हेलिकप्टर पठाउन खोजिएको भएपनि मौसम खराब भएका कारण मंगलबार बिहानै मात्र हेलिकप्टर त्यसतर्फ गएको थियो ।
बेस क्याममा दुई जना र क्याम्प वानमा सकुशल भेटिएकाएक जनाको उद्धार गरेर उपचार भइरहेको विभागले जनाएको छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend