Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • भारतले जित्यो टी- २० विश्वकपको उपाधि


    आइतबार, असार १७ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । भारतले टी- २० विश्वकपको उपाधि जितेको छ । फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको हो ।

    भारतले दिएको १७७ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउदै १६९ रन बनाएको थियो ।

    यस अघि भारतले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनाएको थियो ।

    यो सहित भारतले दोस्रो पटक टी- २० विश्वकपको उपाधि जितेको छ । यस अघि भारतले २००७ मा पहिलो टी- २० विश्वकप जितेको थियो ।

    त्यस्तै पहिलो पटक फाइनलमा पुगेको दक्षिण अफ्रीका भने उपविजेता बनेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार