टेक्सास । नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत आज नेपालको पहिलो खेल हुने भएकाले खेलाडीको मनोबल बढाउन अमेरिकामा रहेका नेपालीहरूलाई स्टेडियमा उपस्थित हुन आग्रह गरेका छन्।
नेपालले पहिलो खेल मंगलबार राति ९:१५ बजे अमेरिकाको डालासस्थित ग्रान्ड पियरे मैदानमा हुँदैछ। नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै नेपालले विश्वकपको सुरुवात गर्दैछ।
‘उक्त प्रतिस्पर्धामा नेपाली खेलाडीको मनोबल बढाउन हामी सबैले भूमिका निर्वाह गर्नुपर्छ। हामीले प्रदान गरेको हौसलाले खेलाडिहरूलाई जित्न बल पुग्ने सेतु हुनसक्छ। नेपाली खेलाडी सुपर ८ मा पुग्न सफल भएमा नेपालको शीर थप चुलिने छ। त्यसैले यहाँहरू सबैको गरिमाय सहभागिताका लागि विनम्र अनुरोध गर्दछु,’ विष्टले एक अपिल जारी गर्दै भनेका छन्।
१० वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टिम टी-२० विश्वकप मैदानमा उत्रिने भएको छ। यसअघि बंगलादेशमा सन् २०१४ मा १० वर्षअघि नेपाल टी-२० विश्वकप क्रिकेटमा डेब्यु गरेको थियो। पारस खड्काको कप्तानीमा बंगलादेशमा विश्वकपमा डेब्यु गरेको नेपालले १० वर्षपछि रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दैछ।
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend