Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • टी-२० विश्वकपमा अमेरिकाको विजयी शुरुवात


    आइतबार, जेष्ठ २० २०८१
    2.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । आइसीसी टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो ।

    क्यानडाले दिएको १९५ रनको लक्ष्य पछाएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । अमेरिकाका लागि एरोन जोन्सले अविजित ९४ र आद्रिज गोउसले ६५ रन बनाएका थिए ।

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउदै १९४ रन बनाएको थियो । क्यानडाका लागि नवनीत धालिवालले सर्बाधिक ६१ र निकोलस क्रितोनले ५१ रन बनाएका थिए । त्यस्तै श्रेयस मोभ्भाले १६ बलमा ३२ रन अविजित बनाएका थिए ।

    यो जितपछि समुह ए मा रहेको अमेरिकाले २ अंक हासिल गरेको छ ।

    अब अमेरिकाले दोस्रो खेल जुन ६ मा पाकिस्तानविरुद्ध खेल्ने छ भने क्यानडाले दोस्रो खेल जुन ७ मा आयरल्याण्डविरुद्ध खेल्ने तालिका रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार